logo
२०८१ मंसिर १३ बिहीवार



लकडाउन अवधिभर इन्टरनेट नकाट्न निर्देशन

अर्थ |


लकडाउन अवधिभर इन्टरनेट नकाट्न निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, बैशाख ६ गते । सरकारले निर्धारण गरेको लकडाउन अवधिभर सेवाग्राहीको ईन्टरनेट अवरुद्ध नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । लकडाउनकै समयमा महसुल भुक्तानी हुन नसक्दा ईन्टरेट सेवा अवरुद्ध गरेको गुनासो बढेपछि प्राधिकरणले ईन्टरनेट सेवा प्रदायकलाई त्यस्तो निर्देशन दिएको हो ।
लकडाउन अवधिभर सकेसम्म अनलाईन महसुल भुक्तानीलाई प्राथमिकता दिन पनि प्राधिकरणले निर्देशन गरेको छ । त्यस्तो पनि सम्भव नभएको अवस्थामा लकडाउनको समयमा ईन्टरनेट सेवा नियमित गरिदिने सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन छ । ईन्टरनेट अत्यावश्यक सेवाको रूपमा रहेको र लकडाउनको समयमा थप आवश्यक पर्ने भएकोले यस्तो परिस्थितिमा सेवा अवरुद्ध हुँदा आम मानिसमा नकारात्मक असर परेको प्राधिकरणले जनाएको छ ।
लकडाउनमा महसुल तिर्न नसकेका कारणपछि त्यसको बिलम्ब शुल्क पनि नलिन प्राधिकरणले निर्देशन दिएको छ । पछिल्लो समय ईन्टरनेट सेवा प्रदायकहरूले सेवाग्राहीले भुक्तानी नदिएपछि ईन्टरनेट सेवा अवरुद्ध गर्दै आएका छन् । महसुल तिर्न नसक्ने विषम परिस्थितिमा सेवा काटिएको भन्दै गुनासो बढ्न थालेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?