logo
२०८१ असोज ६ आईतवार



फेसबुकले रिलायन्स कम्पनीको जियोमा पाँच अरब डलरभन्दा बढी लगानी गर्ने

अर्थ |
अन्तर्राष्ट्रिय |


फेसबुकले रिलायन्स कम्पनीको जियोमा पाँच अरब डलरभन्दा बढी लगानी गर्ने


 
काठमाडौं, वैशाख १० गते । सामाजिक संजालको विश्वप्रसिद्ध संस्था फेसबुकले भारतको रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो प्लेटफर्ममा ४३ हजार ५७५ करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । जियोको करिब १० प्रतिशत शेयर फेसबुकले खरिद गर्नेछ । रिलायन्स उद्योग भारतको सबैभन्दा बढी धनी मुकेश अम्बानीले सञ्चालन गरेको छ । फेसबुकले भारतमा लगानी गर्ने आफ्नो पूर्व प्रतिबद्धता बमोजिम उत्तः घोषणा गरेको उल्लेख गरेको छ ।
रिलायन्स इन्डस्ट्रिजद्वारा बुधबार जारी विज्ञप्तिमा फेसबुकले जियो प्लेटफर्ममा हुने लगानी सम्बन्धी एक सम्झौतामा रिलायन्स इन्डस्ट्रिज, जियो प्लेटफर्म र फेसबुकबीच सम्झौता भएको उल्लेख छ ।
चार वर्षको अन्तरालमा जियोले करिब ३९ करोड मानिसलाई इन्टरनेट सेवामा जोडेको रिलायन्सले जनाएको छ । बिगत पाँच वर्षको अवधिमा भारतमा करिब ५६ करोड मानिसले इन्टरनेट प्रयोग गर्न थालेको अध्ययनहरुले देखाएका छन् ।
फेसबुकले व्हाट्स एप र रिलायन्सको इ कमर्स जियोमार्टमा समेत समन्वय गरी लगानीबारे सोचिरहेको जनाएको छ । रिलायन्सले भने फेसबुकको लगानी कम्पनी र देश दुबैका लागि हितकर हुने दाबी गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?