logo
२०८१ मंसिर १२ बुधवार



निजी आवास पुनःनिर्माणमा दुई अर्ब ६७ करोड खर्च

अर्थ |


निजी आवास पुनःनिर्माणमा दुई अर्ब ६७ करोड खर्च


बेलिना थापा
लमजुङ, बैशाख १२ गते । विनाशकारी भूकम्प गएको ५ बर्षको अवधिमा लमजुङमा दुई अर्ब बढी रकम खर्च भएको छ । जिल्लाको निजी आवास पुनःनिर्माणमा २ अर्ब ६७ करोड ८५ लाख रुपियाँ खर्च भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण (जिल्ला आयोजना कार्यन्वयन इकाई) कार्यालयका अनुसार हालसम्म करिव ४५ प्रतिशत मात्र निजी आवास पुनःनिर्माणको कार्य सकिएको छ । लाभग्राही सूचिमा परेका मध्ये ६ हजार १७१ घरको पुनःनिर्माण सम्पन्न भएको छ । इकाईका प्रमुख जगदिस मिश्रका अनुसार १३ हजार ७५४ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपियाँ लगेका छन् ।

९ हजार १ ५८ जनाले दोस्रो किस्ताबापतको १ लाख ५० हजार लगेका छन् । ६ हजार १ सय ७१ जनाले तेस्रो किस्ता १ लाख रुपियाँ लगेको कार्यालयले जनाएको छ । पहिलो किस्ता ९८ प्रतिशत ५३ जनाले लगेका छन् । दोस्रो किस्ता ६५ दशमलव ६० प्रतिशत र तेस्रो किस्ता ४४ दशमलव २० प्रतिशले लगेका छन् ।

५ बर्षको अवधिमा पहिलो किस्ता ६८ करोड ७७ लाख रुपियाँ वितरण भएको छ । दोस्रो किस्ता १ अर्ब ३७ करोड ३७ लाख वितरण गरिएको छ । तेस्रो किस्ता ६१ करोड ७१ लाख रुपियाँ वितरण गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाईले जनाएको छ ।

भूकम्पपीडितलाई अनुदान वितरण गर्दै गर्दा कार्यालयको खातामा पैसा सकिँदा लाभग्राहीले रकम पाएका छैनन् । २ महिना बढी समय यता पीडितले रकम नपाएको गुनासो गरेका छन् । दोस्रो चौमासिकमा रकम ढिला आएको र मागेको रकम समयमा नआउँदा अनुदान वितरणमा समस्या भएको इकाई प्रमुख मिश्रले बताउनुभयो ।

दोस्रो चौमासिकमा १८ करोड आएपनि फागुन दोस्रो साता रकम सकिएको प्रमुख मिश्रले बताउनुभयो । उहाँका अनुसार कार्यालयले माघ पहिलो साता केन्द्रसंग २० करोड रकमको माग गरेको थियो । रकम निकासाको प्रक्रियामा रहेको र १२ करोड निकासा भएकाले सोही रकम लाभग्राहीलाई दिइने योजना बनाइएको थियो । सरकारले गरेको लकडाउनका कारण अनुदान वितरणमा समस्या भएको बताउनुभयो । अहिले घर बनाउँदै गरेका पीडितले कार्यालयबाट रकम पाउन नसकेको र उनीहरुले घर बनाउन कामदार समेत नपाएकाले पुनःनिर्माण प्रभावित भएको उहाँले बताउनुभयो ।

कार्यालयका फोकल पर्सन एवं कम्प्युटर अपरेटर विनायक दवाडीका अनुसार बेंसीसहर नगरपालिकामा १ हजार २ सय ३९ जना लाभग्राहीले पहिलो किस्ता लगेका छन् । ८ सय ३८ जनाले दोस्रो किस्ता र ६ सय ७९ जनाले तेस्रो किस्ता लगेका छन् ।

सुन्दरबजार नगरपालिकामा २ हजार १ सय ४७ जनाले पहिलो किस्ता, १ हजार ५ सय ७६ जनाले दोस्रो किस्ता, १ हजार ७५ जनाले तेस्रो किस्ता लगेका छन् । राइनास नगरपालिकामा २ हजार ९ सय ९२ जनाले पहिलो किस्ता, २ हजार २०० जनाले दोस्रो किस्ता र १ हजार ५ सय १५ जनाले तेस्रो किस्ता लगेका छन् । उहाँका अनुसार मध्यनेपाल नगरपालिकाले १ हजार ४ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ८ सय २७ दोस्रो किस्ता लगेका छन् । ४ सय ८६ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् ।
मस्याङदी गाउँपालिकामा १ हजार ४० जनाले पहिलो किस्ता लगेका छन् । ५ सय ४५ जनाले दोस्रो किस्ता र ३ सय ६७ जनाले तेस्रो किस्ता लगेका छन् । क्व्होलासोंथर गाउँपालिकामा २ सय

७० जनाले पहिलो किस्ता, १ सय २२ जनाले दोस्रो किस्ता र ७८ जनाले तेस्रो किस्ता लगेका छन् । दूधपोखरी गाउँपालिकामा २ हजार ३ सय ६२ जनाले पहिलो किस्ता, १ हजार ७ सय १० जनाले दोस्रो किस्ता र १ हाजर १ सय ५५ जनाले तेस्रो किस्ता लगेका छन् । यस्तै, दोर्दी गाउँपालिकामा २ हजार २ सय ५५ जनाले पहिलो किस्ता, १ हजार ३ सय ४० जानले दोस्रो किस्ता र ८ सय १६ जनाले तेस्रो किस्ता लगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?