logo
२०८१ मंसिर १३ बिहीवार



सुपथ मूल्य पसलमै बढी मूल्य

अर्थ |


सुपथ मूल्य पसलमै बढी मूल्य



कालीकोट समाचारदाता

कालीकोट, वैशाख १४ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले सुरु गरेको सुपथ मूल्य पसलमा मूल्य चर्को भएको पाइएको छ । नामको सुपथ मूल्य पसल भनेर बजार मूल्यभन्दा बढी लिने गरेको स्थानीयले बताएका छन् । बन्दाबन्दीको समयमा नागरिकलाई समस्या नहोस् र कालो बजारीको मारमा नागरिक नपरुन् भनेर नगरपालिकाले हिमचुली कृषि सहकारी संस्थालाई २० लाख अनुदान दिएर सुपथ मूल्य पसलको स्थापना भएको चार दिनमै मूल्य चर्को भएको भन्दै विरोध हुन थालेको हो ।
हिमचुली कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष हाल आएर रास्कोट नगरपालिका मेयर हुनुहुन्छ । उहाँले नगरका सबै कार्यक्रमलाई कृषिमा केन्द्रित गरेर हिमचुलीमार्फत कार्यान्वयनमा ल्याउने गरेको र सुपथ मूल्य पसलको नाममा पनि नगरप्रमुखले लुट्न सुरु गरेको स्थानीय गोकर्ण न्यौपानेले बताउनुभयो । व्यापारी जीवन शाहीले बजारमा पाउने मोटा चामलको २५ किलोको मूल्य १२५० हो तर रास्कोट नगरको सुपथ मूल्य पसलमा १४७५ मूल्य लिएर नागरिक लुटिएको बताउनुभयो । यस्तै बजारमा सुमो मसिनो चामलको मूल्य १६५० र नेपाल खाद्य संस्थानले बेच्दै आएको मसिनो चामलको मूल्य १५८० छ ।
बन्दाबन्दीका बेला सरकारले १० प्रतिशत छुटमा दिन भनेपछि खाद्य संस्थानले १४२० मा मसिनो चामल बेचिरहेको छ तर नगरपालिकाले भने १८५० मूल्य निधारण गरेर नागरिकको ढाड सेकिरहेको शाहीको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?