logo
२०८१ मंसिर १३ बिहीवार



कोरोनाकाे जोखीमले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने

अर्थ |


कोरोनाकाे जोखीमले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने


गारखापत्र समाचारदाता
काठमाडौं वैसाक २४ गते । आर्थिक तथा व्यवसायिक क्षेत्रले विगतमा भोगेका विभिन्न जोखिमको तुलनामा कोरोना प्रभाव बढी संवेदनशील र गम्भिर हुने निश्कर्ष नेपालको निजी क्षेत्रले निकालेको छ । द्वन्द्वकाल, भुकम्प, नाकावन्दीजस्ता अर्थतन्त्रका नकारात्मक अवयव भन्दा कोरोना महामारीको असर वढी गम्भिर र दीर्घकालीन हुने ठम्याई निजी क्षेत्रको रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतको संयुक्त पहलमा भएको अध्ययनको आधारमा नेपालको अर्थतन्त्र आफ्नो पुरानो लयमा फर्कन मात्र २ वर्ष लाग्ने देखिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले आयोजना गरेको कोरोना महामारी र त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव, आगामी बजेटजस्ता समसामयिक विषयमा निजीक्षेत्रसँगको छलफलमा अध्ययन सार प्रस्तुत गर्दै समयमै आवश्यक कदम चाल्न सुझाव पनि दिइएको थियो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कार्यपत्रमार्पmत कोरोनाका असर गहिरो तहसम्म पुग्ने औल्याउनु भयो । “अवका दिनमा नेपालका ८० प्रतिशत उद्योग संघर्षपूर्ण (स्ट्रगलिङ,) १५ प्रतिशत टिक्न सक्ने( सर्भाइभिङ र विस्तार हुन सक्ने(ग्रोइङ) अवस्थामा पाँचप्रतिशत हुनेछन्,” उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सेखर गोल्छाले आर्थिक सिथिलता बढने, समग्र खपत नै घटने र सोधनान्तर व्यवस्थापन मै लामो समय चुनौति रहने औल्याउनु भएको थियो । रेमिट्यान्सको आगमनमा हुने गिरावटसँगै विदेशी मुद्रासञ्चति नै जटिल अवस्थामा आउने भन्दै नियार्त मुलुक उद्योगबाट त्यो परिपूण गर्न पहल गरिनुपर्ने बताउनु भएको थियो ।
नेपाल वैंकर्श संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अहिले वैंकहरुमाथि बढी दवाव सृजना गरिएको भन्दै आम जनताको वचत रक्षाका लागि नोक्सानी व्यहोर्न नसकिने धारणा राख्नु भयो । “ब्याज घटाउन दवाव छ, सक्नेसम्म त गरौलाँ तर भोलि जनताले ल्याएको बचत अनौपचारिक क्षेत्रमा जाने अवस्था पनि त आउनु भएन नी,” उहाँले भन्नुभयो । पुर्नकर्जाको व्यवस्थालाई सहजीकरण गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेशका सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रले व्यहोरेको गम्भीर क्षतिको समाना सबै क्षेत्रले संयुक्तरुपमा गर्नुपर्ने भन्दै आवश्यक सहकार्य अपरिहार्य हुने वताउनुभयो । संवेदनशील अवस्थामा छौं, के गर्नुपर्छ आवश्यक सहयोग गर्न प्रतिपक्षि दल तयार छ,” उहाँले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?