logo
२०८१ असोज ७ सोमवार



काेराेनाका कारण विश्वकै दोस्रो पुरानो विमान सेवा एभियान्सा ‘टाट पल्टियो’

अन्तर्राष्ट्रिय |
फिचर |


काेराेनाका कारण विश्वकै दोस्रो पुरानो विमान सेवा एभियान्सा ‘टाट पल्टियो’


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २९ गते । कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेको छ । एभियान्सा विश्वकै दोस्रो सबैभन्दा पुरानो विमान सेवा कम्पनी हो ।
कोभिड–१९ महामारीको अप्रत्याशित असरले टाटपल्टेको घोषणा गर्न बाध्य भएको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । “आफ्नो एक शताब्दीको इतिहासमा एभियान्सा सबैभन्दा ठूलो चुनौती र सङ्कटको सामना गर्दैछ ।”– कम्पनीका प्रमुख कार्यकारी अधिकृत आन्को भान डर वर्फले बताउनुभएको छ ।
महामारीको निरन्तरताले अनिश्चित बनेको हवाई उडान सेवालाई जोगाउन टाट पल्टेको निर्णय गरेको एभियान्साले जनाएको छ । वक्तब्यमा एभियान्सामा २१ हजार कर्मचारी प्रत्यक्ष कार्यरत रहेको खुलाइएको छ। एभियान्साले उडान भर्दै आएको ९० प्रतिशत राष्ट्रमा पूर्ण वा आंशिक प्रतिबन्ध लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?