logo
२०८१ मंसिर १३ बिहीवार



लगानी र रोजगारी सिर्जनामा सरकारको प्राथमिकता

अर्थ |


लगानी र रोजगारी सिर्जनामा सरकारको प्राथमिकता


गोपालचन्द्र सुवेदी

काठमाडौँ, बैशाख २ गते । सरकारले ठूला पूर्वाधार आयोजनामा थप विदेशी लगानी आकर्षण गर्ने बताएको छ । संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार लगानी प्रवर्द्धनमार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सार्वजनिक सेवा प्रवाह सु्धार गर्न आन्तरिक बचतलाई प्रवर्द्धन पनि गरिने बताउनुभएको हो । लगानी एकीकृत गर्ने गरी सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी उत्पादनमुलक र उच्च प्रतिफलयुक्त आयोजनामा केन्द्रित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विकास अायोजना निर्धारित समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्ने र आवश्यकताअनुसार आयोजनाहरूको पुनः संरचना र प्राथमिकीकरणलाई पनि सरकारले अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले आकर्षक कार्यक्रमका रुपमा वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा स्वदेशमै नवप्रवर्तनकारी कार्यक्रमका लागि बीउ पुँजी सरकारले नै उपलब्ध गराउने उल्लेख छ । स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा आधारस्तम्भको विकासबाट व्यापक रोजागारी सृजना गर्ने सरकारको लक्ष्य छ ।

पर्याप्त रोजगारी नभएका बेला स्वेदशको संकुचित रोजगारी र विदेशिएका फर्किदा बेरोजगारी बढने देखिएको भन्दै कृषि, उत्पादनमुलक, निर्माण सेवा क्षेत्रजस्तामा परिचालन गरिने कार्यक्रममा उल्लेख छ । सीपयुक्त र दक्ष श्रमिकको अभाव पुरा गर्न श्रम सीप विकासका सबै कार्यक्रम एकीकृत रुपमा परिचालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि सबै स्थानीय तहमा घुम्ती तालिम दिने उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ सीपयुक्त बनाउँदै बेरोजगारलक्षित कार्यक्रमका रुपमा विकास गर्ने नीति रहेको भण्डारीले उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?