logo
२०८१ असोज ८ मंगलवार



अमेरिकामा लकडाउन खुलेकाे स्थानमा टेन्टको माग अत्याधिक

अन्तर्राष्ट्रिय |
फिचर |


अमेरिकामा लकडाउन खुलेकाे स्थानमा टेन्टको माग अत्याधिक


वासिङ्टन, जेठ २५ गते । कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरू पुनः सञ्चालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ ।
अमेरिकाका सबैजसो शहरहरूमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरूले जनाएका छन् ।
कोरोनाभाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय सञ्चालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ ।
रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ । व्यापार व्यवसाय सञ्चालन गर्दा कामदारका लागि र ग्राहकहरूका लागि पनि सामाजिक दूरी बढाउन पहिले प्रयोग गर्दैआएको ठाउँ साँघुरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनुपरेको व्यवसायीहरूले बताएका छन् ।
माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरूलाई अहिले भ्याई नभ्याई देखिएको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार एकै पटक धेरै उत्पादन, वितरण वा सेवा प्रवाह गर्नु पर्ने भएकाले पनि व्यवसायीहरूले टेन्टको माग गरेको पाइएको छ ।
उनीहरूले आफ्ना मेसिन तथा अन्य सामानहरू, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् । अध्ययनकर्ताहरूले सबै सेवा तथा उत्पादनको मुल्य वृद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् ।
टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच वर्षयताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ । म्याक किन्नीका सहप्रवन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झण्डै तेब्बर व्यापार भएको जानकारी दिनुभयो ।
व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरूका लागि टेन्टको माग बढेको उनीहरूले बताएका छन् । साविकको ठाउँ सामाजिक दूरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्टमार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षाकोठा बनाइएको उनीहरूको भनाइ छ ।
जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म १९ लाख नौ हाजार ७७ जना सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरूको सङ्ख्या एक लाख नाघेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?