logo
२०८१ असोज ९ बुधवार



६८ वर्षमा पहिलोपटक पाकिस्तानको वृद्धि दर ऋणात्मक हुने

अर्थ |
अन्तर्राष्ट्रिय |


६८ वर्षमा पहिलोपटक पाकिस्तानको वृद्धि दर ऋणात्मक हुने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । पाकिस्तानको आर्थिक वृद्धि दर ६८ वर्षमा पहिलोपटक ऋणात्मक हुने प्रक्षेपण गरिएको छ । कोरोना महामारीले घरेलु उत्पादनमा उच्च गिरावट आउँदा त्यसको असर आर्थिक वृद्धि दरमा परेको छ ।
चालू आर्थिक वर्षको आर्थिक अवस्था अध्ययन गर्न गरिएको आर्थिक सर्वेक्षणले वृद्धि दर शून्य दशमलब ३८ प्रतिशतमा झर्ने देखाएको छ । द् टाइम्स अफ इन्डियाका अनुसार आर्थिक सल्लाहकार अब्दुल हाफिज शेषले सन् २०१९/२०२० को सर्वेक्षणको नतिजा प्रकाशित गर्नुहुँदै कोरोना महामारीले मानवीय क्षतिसँगै आर्थिक अवस्थालाई नराम्ररी पिरोलेको बताउनुभयो । पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख २० हजारभन्दा बढी सङ्क्रमित छन् ।
महामारीभन्दा अघि नै आर्थिक अवस्था कमजोर रहेको पाकिस्तानमा महामारीले अझै अस्थिरता निम्तिएको सल्लाहकार शेषले बताउनुभयो । यद्दपी कृषि क्षेत्रको वृद्धि दर २.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । तर औद्योगिक र सेवा क्षेत्रमा वृद्धि दर ऋणात्मक हुनेछ ।
प्रतिब्यक्ति आय पनि डलरमा ६.१ प्रतिशतले घटेर एक हजार ३६६ मा झर्नेछन् । तर रुपियाँमा भने आय बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आयात र रेमिट्यान्सले विकासशील राष्ट्रमा पनि कोरोना महामारीको प्रभाब अत्याधिक रहने जनाएको थियो ।
जुलाईदेखि अप्रिल महिनासम्म राजश्व सङ्कलन १०.८ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?