logo
२०८१ मंसिर १४ शुक्रवार



गल्याङ बजार एक हप्ताका लागि बन्द

अर्थ |
फिचर |


गल्याङ बजार एक हप्ताका लागि बन्द



अर्जुन काफ्ले
स्याङ्जा, जेठ ३१ गते । कोरोनाको महामारीमा सङ्क्रमणको जोखिम कम गर्न गल्याङ बजार एक हप्ताका लागि बन्द गरिएको छ ।
गल्याङ नगरपालि काले सरोकारवालाहरुसँग समन्वय गरी शनिबारबाट अत्यावश्यक बाहेक सम्पूर्ण बन्द गरेको नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएपछि बजार बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
औषधी पसल, दुध डेरी र तरकारी पसल बाहेक यातायातका साधन, वित्तीय संस्था, खाद्यान्न पसल तथा हिँड्डुल एक हप्ताको लागि बन्द गरेको अधिकारीले बताउनुभयो ।
गल्याङ नगरवासीको स्वास्थ्यलाई आफुले पहिलो प्राथमिकता दिएको भन्दै नगरप्रमुख अधिकारीले सुरक्षित र सचेत रहन सम्पूर्ण नगरवासीलाई अपिल गर्नुभयो ।
कोरोना सङ्क्रमणको जोखिम फैलने क्रममा रहेको भन्दै उहाँले आत्मबल बढाएर रोगविरुद्व सबैले एकताबद्व हुने समय आएको बताउनुभयो ।
भारतबाट उद्दार गरेर ल्याइएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको र क्वारेन्टाइनबाट सङ्क्रमण बाहिरिन थालेको भन्दै एक हप्ताका लागि बन्द गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानाकारी दिनुभयो ।
गल्याङ बहुमुखी क्याम्पसमा १६ जना भारतबाट आएका नागरिक सँगै शुक्रबार सरसफाई गर्ने दुई स्वयंसेवकमा सङ्क्रमण देखिएको थियो ।
सरसफाई स्वयंसेवक श्रीमान् र श्रीमतिमा सङ्क्रमण देखिएपछि दुई जनाको सम्पर्कमा रहेकालाई होम क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमितको परिवारका तीनसहित १० जना सम्पर्क आएको देखिएपछि क्वारेन्टाइनमा राखिएको प्रजिअ गंगा बहादुर क्षेत्रीले बताउनुभयो ।
यस्तै, गल्याङ नगरपालिकाका नगर कार्यपालिकाको कार्यालय पनि स्वास्थ्य बाहेकका सम्पूर्ण कामहरु बन्द गर्ने निर्णय भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?