logo
२०८१ असोज ९ बुधवार



भारतमा लगातार दशौँ दिन पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

अर्थ |
अन्तर्राष्ट्रिय |


भारतमा लगातार दशौँ दिन पेट्रोल र डिजेलको मूल्यमा वृद्धि


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार दशौँ दिन वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहँदा भारतमा राज्यस्थित बजार प्रवर्द्धन गर्ने कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको छ ।
भारतीय अखबार द हिन्दूस्तान टाइम्सका अनुसार सोमबार पेट्रोलको मूल्यमा ४७ पैसा प्रतिलिटर र डिजेलको मूल्यमा ५७ पैसा प्रतिलिटरले बढाइएको छ । नयाँ मूल्य अनुसार नयाँ दिल्लीमा एक लिटर पेट्रोल खरिद गर्न उपभोक्ताले ७६ रुपियाँ ७३ पैसा र एक लिटर डिजल खरिद गर्न ७५ रुपियाँ १९ पैसा तिर्नुपर्ने हुन्छ ।
मुम्बईमा पेट्रोल प्रतिलिटर ८३ रुपियाँ ६२ पैसा र डिजल ७८ रुपियाँ ५५ पैसा कायम गरिएको छ । बढ्दो तेलको मूल्यप्रति प्रमुख प्रतिपक्षी काँग्रेस आइले विरोध जनाएको छ ।
लकडाउन अवधिमा भारतमा पेट्रोलको मूल्य चार रुपियाँ ९८ पैसा र डिजलको मूल्य पाँच रुपियाँ २३ पैसाले वृद्धि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?