logo
२०८१ असोज ९ बुधवार



चीन पाकिस्तान आर्थिक करिडोर ‘सीपेक’को लागत् एक खर्ब डलर पुग्दै

अर्थ |
अन्तर्राष्ट्रिय |


चीन पाकिस्तान आर्थिक करिडोर ‘सीपेक’को लागत् एक खर्ब डलर पुग्दै
तस्विर-भेल्युवाक


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । चीन पाकिस्तान आर्थिक करिडोरको बजेट एक खर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । चीनले सुरु गरेको ‘वान बेल्ट वान रोड’(ओबीओआर) अन्तगर्त पाकिस्तानमा परियोजनाको लागत प्रारम्भमा ४६ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । तर अब उक्त परियोजनामा कुल ८७ अर्ब अमेरिकी डलर खर्च हुने गरी तय गरिएको इजरायलबाट प्रकाशित हुने द् जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।
चीन पाकिस्तान आर्थिक करिडोर अन्तगर्त पाकिस्तानमा पूर्बाधार विकाससँगै आर्थिक सशक्तिकरण, आधुनिक यातायात सञ्जाल निर्माण र ऊर्जासँग सम्बन्धित परियोजनामा खर्च हुने गरी योजना तयार गरिएको छ । उक्त परियोजना निर्माणको लागतको ९० प्रतिशत बजेट ऋणको रुपमा पाकिस्तानले आबधिक रुपमा भुक्तानी गर्नुपर्नेछ ।
आफ्नै नेतृत्वमा क्षेत्रीय राष्ट्रहरु जोड्ने सडक सञ्जाल निर्माण गरेर आर्थिक सशक्तिकरण गर्ने चीनको महत्वकांक्षी एवम् दीगो योजनालाई मूर्त रुप दिन पाकिस्तान र बङ्गलादेशमा द्रुत गतिमा पूर्बाधार निर्माणका कार्यहरु अगाडि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?