logo
२०८१ असोज ९ बुधवार



कोरोना प्रभाव: अष्ट्रेलियाली ध्वजावाहकले छ हजार कर्मचारी कटौती गर्दै

अर्थ |
अन्तर्राष्ट्रिय |


कोरोना प्रभाव: अष्ट्रेलियाली ध्वजावाहकले छ हजार कर्मचारी कटौती गर्दै


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ विमान कम्पनीले कोरोनाभाइरसका कारण छ हजार कर्मचारी कटौती गर्ने भएको छ । बीबीसीका अनुसार उक्त कटौती कन्टास विमानमा कार्यरत कुल कर्मचारीको करिब २० प्रतिशत हो ।
कन्टासले विश्वव्यापी हवाई यात्रामा आएको भारी गिरावटले आर्थिक नोक्सानी बढेको जनाएको छ । गत साता मात्रै अष्ट्रेलियाली सरकारले सीमा क्षेत्रमा लगाइएको प्रतिबन्ध आगामी वर्षसम्म हुनसक्ने प्रक्षेपण गरेको थियो । सरकारले आगामी अक्टोबर महिनासम्म न्युजिल्याण्डबाहेक सबै अन्तर्राष्ट्रिय सेवा रद्द गर्न निर्देशन दिएको थियो ।
बिहीबार कन्टास हवाई कम्पनीका कार्यकारी प्रमुख एलन जोइसले आगामी तीन वर्षसम्म विमान सेवामा भारी कटौती हुने र त्यसले थोरै कमाइ हुने बताउनुभएको छ । एक वक्तव्यमा उहाँले कर्मचारी र सेवा कटौतीको असर हजारौँ सर्वसाधारणमा पर्ने उल्लेख गर्नुभएको छ ।
अर्बौं डलरको क्षति बेहोरेर पनि दीर्घकालीन रुपमा थुप्रै कर्मचारीको सेवा सुरक्षित राख्न थोरै मात्र विकल्प दिएको कार्यकारी प्रमुख जोइसले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?