logo
२०८१ मंसिर १५ शनिवार



बढ्यो सुनको भाउ

अर्थ |


बढ्यो सुनको भाउ


काठमाडौँ, असार १४ गते । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपियाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपियाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपियाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य ९४५ रुपियाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सय रुपियाँले बढेर ८७ हजार रुपियाँ पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?