logo
२०८१ असोज ११ शुक्रवार



एयर फ्रान्सले झण्डै सात हजार कर्मचारी कटौती गर्ने

अर्थ |
अन्तर्राष्ट्रिय |


एयर फ्रान्सले झण्डै सात हजार कर्मचारी कटौती गर्ने


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २१ गते । कोरोना सङ्क्रमणले निम्त्याएको आर्थिक नोक्सानी भर्पाइ गर्न एयर फ्रान्सले छ हजार पाँच सय कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले शुक्रबार एक वक्तव्य जारी गरी आगामी केही वर्षभित्र १७.५ प्रतिशत कर्मचारी कटौती गर्ने जनाएको छ ।
वक्तव्यमा एयर फ्रान्सले करिब तीन हजार पाँच सय कर्मचारी स्वेच्छाले अवकास लिन चाहेको जनाएको छ । सन् २०२२ को अन्त्यसम्म एयर फ्रान्सले छ हजार ५६० कर्मचारी कटौती गर्नेछ । एयर फ्रान्सको सहयोगी निकाय एचओपीले पनि करिब एक हजार २० जना कर्मचारी कटौती गर्नेछ ।
विश्वभरि उडान भर्दैआएको फ्रान्सेली ध्वजावाहकले सन् २०२० मा मात्रै ८४ अर्ब अमेरिकी डलरको घाटा बेहोर्ने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा तीव्र सुधार आएपनि सन् २०२० को घाटा सन् २०२१ मा पुरा हुन सक्दैन ।
फ्रान्स सरकारले कोरोनाभाइरस महामारीबाट तङ्ग्रिएको वायु सेवा निगमलाई उकास्न करिब १७ अर्ब अमेरिकी डलर अनुदान दिएको छ । जसमध्ये एयर फ्रान्सले करिब आठ अर्ब डलर पाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?