logo
२०८१ मंसिर १३ बिहीवार



स्याङ्जामा करदाताका सेवा कार्यालय

अर्थ |


स्याङ्जामा करदाताका सेवा कार्यालय


अर्जुन काफ्ले

स्याङ्जा, साउन १ गते । आन्तरिक राजस्व कार्यालय पोखराले स्याङजाको पुतलीबजारमा करदाता सेवा कार्यालयको शुभारम्भ गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहको करदाता सेवा कार्यालयले बिहीबारबाट आफ्ना सेवा शुभारम्भ गरेको हो । 

करदाता कार्यालय स्थापनासँगै स्याङ्जा जिल्लाबासीलाई करसम्बन्धी काम गर्न पोखरा धाउनुपर्ने बाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषीराम पोख्रेलले स्याङ्जाका स्थानीय व्यवसायी तथा करदाता सेवा कार्यालयका पहिलो सेवाग्राही नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गर्नुभएको हो ।

स्याङ्जाबासीको माग र स्याङजा जिल्लामा करदाताको सङ्ख्या धेरै रहेकाले पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको करदाता सेवा कार्यालयका प्रमुख कर्म लामाले बताउनुभयो ।
करदाता सेवा कार्यालयबाट नयाँ पान नं., पान नवीकरण र करचुक्ता लिन सकिने कार्यालय प्रमुख लामाले जानकारी दिनुभयो । जिल्लाभित्र करिब १५ हजार करदाता रहेको करदाता सेवा कार्यालयले अनुमान गरेको छ । करदाता कार्यालय स्थापना भएपछि धेरैको सङ्ख्यामा करमा आबद्ध हुने करदाता सेवा कार्यालयको अनुमान रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?