logo
२०८१ जेष्ठ ६ आईतवार



सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जनामा कोरोना सङ्क्रमण

फिचर |


सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जनामा कोरोना सङ्क्रमण
फाइल फाेटाे



मुकुन्द सुवेदी
बर्दिया, भदौ २१ गते । बर्दियामा आज एकै दिन ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा बर्दियाका ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि भएका ४३ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरू छन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार सङ्क्रमित पुष्टि भएकामध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । सङ्क्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् ।

यसअघि सोही कम्पनीमा कार्यरत दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरूको कन्याक्ट ट्रेसिङ गर्दा यति धेरैजनामा सङ्क्रमण देखिएको प्रमुख गिरीले बताउनुभयो । एकैदिन धेरैजनामा सङ्क्रमण पुष्टि भएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसिरहेको र बाँसगढी नगरपालिका सिल गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
योसँगै बर्दियामा कुल सङ्क्रमितहरूको सङ्ख्या ४०७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?