गोरखापत्र समाचारदाता
काठमाडौं भदौं २९ गते । कृषि सामाग्री कम्पनी लिमिटेडले टेण्डरमा सम्झौता गरेबमोजिम युरिया मल ल्याउन नसकेका दुई ठेकदार कम्पनी शैलिङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ ।
दुवै कम्पनीले २५–२५ हजार मेट्रिकटन मल आपूर्ती गर्ने सरकारसँग गत माघमा सम्झौता गरेको थियो तर तोकिएको म्याद भदौं २० गतेसम्म पनि आपूर्ती नगर्दा सो कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यसअघि कृषि सामाग्री कम्पनी लिमिटेडले ती कम्पनीसँग गरेको सम्झौता रद्द गर्नुको साथै धरौती पनि जफत गरेको थियो ।