logo
२०८१ बैशाख ४ मंगलवार



दोस्रो टर्मिनलको तयारी

अर्थ |
फिचर |


दोस्रो टर्मिनलको तयारी


भैरहवा समाचारदाता

भैरहवा, असोज ७ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार टर्मिनल भवनको डिजाइनदेखि संरचना निर्माणका सबै काम मन्त्रालयले अगाडि बढाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न डिजाइन पोस्ट गर्दै सुझाव माग्नुभएको छ । भारतीय कन्सल्टेन्सीले तयार गरेका ती डिजाइन स्वीकृत भएपछि ग्लोबल टेन्डरको प्रक्रिया अघि बढ्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आगामी डिसेम्बरसम्म डिजाइन स्वीकृत, ग्लोबल टेन्डरको प्रक्रिया सक्नेगरी तयारी भइरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनुभयो । दोस्रो टर्मिनल भवन बुद्ध कला र संस्कृति झल्किने गरी निर्माण गर्ने सोच सरकारको रहेको पनि उहाँले बताउनुभयो ।
विज्ञहरूसँग छलफल गरी चारवटा डिजाइन मध्येबाट एउटाको छनोट गरिने र अन्य प्रक्रिया अघि बढ्ने पोखरेलले बताउनुभयो । विमानस्थल आयोजनाका अनुसार दोस्रो टर्मिनल भवन घाँघरा खोला र हाल रहेको टर्मिनल भवनको बीचमा बन्नेछ । भवन बनाउने स्थानमा मन्त्रालयबाट आएको टोलीले माटो परीक्षण गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?