logo
२०८१ मंसिर १४ शुक्रवार



एउटै राँगोको वार्षिक कमाई डेढ लाख !

अर्थ |
समाज |


एउटै राँगोको वार्षिक कमाई डेढ लाख !
राँगो डो¥याउँदै कृषक पूर्णप्रकाश रिजाल । तस्बिर सौजन्यः नारायण रिजाल



नवीन शिशिर विक
बागलुङ, असोज १० गतेपहाडी क्षेत्रमा राँगो मासुको लागि पालिन्छ । एउटा राँगोको जीवनकालमा कति कमाई होला । मासुका लागि विक्री हुने हुँदै एकै पटकमा त्यसको मूल्य निर्धारण हुन्छ । तर बागलुङ नगरपालिका–१३ पैयुपाटाकाका एक कृषकले ब्याडे राँगो पालेर वार्षिक डेढ लाख रुपियाँसम्म कमाई गर्न थाल्नुभएको छ ।
पैयुपाटा बास्कोटाका पूर्णप्रकाश रिजालले भैसी प्रजननको लागि व्यवसायीक राँगो पालेर नियमित आम्दानी स्रोत बनाउन सुरु गर्नुभएको हो । विगत १६ वर्षदेखि पशुपालनमा आबद्ध दुई वर्षयता ब्याडे राँगो पालनलाई आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।
उहाँले पालेको राँगोले ‘सिजन’मा दैनिक दुईवटा भन्दा बढी किसानको भैँसीमा गर्भाधान गर्दै आएको छ । कृषक रिजालले दुई वर्ष अघि ७० हजार रुपैयाँमा स्थानीय जातको राँगो खरिद गर्नुभएको थियो । एउटै राँगो लामो समय पाल्दा यसको प्रजनन् क्षमता घट्ने र सिंगले हान्ने) जोखिम पनि बढ्ने हुँदा डेढदेखि दुई वर्षको बीचमा नयाँ खरिद गर्नुपर्ने कृषक रिजालको भनाइ छ ।
ग्रामीण भेगमा किसान कृत्रिम गर्भधारणमा भन्दा प्राकृतिक गर्भधारणलाई विश्वासिलो मान्ने हुँदा व्यवसायमा असर नपरेको उहाँले बताउनुभयो । कृत्रिम गर्भधारणका लागि पशु प्राविधिक चाहियो, रिजालले भन्नुभयो– ‘भैसीले राँगो खोजेको समयमा प्राविधिक भेट्न गाह्रो छ । ‘उहाँले बागलुङ नगरपालिका–१३ पैयुँपाटाको कालाखोलादेखी घडेरीसम्म र बानपा–१० भकुण्डेको गलुवा अर्भक क्षेत्रका कृषकको गोठमा राँगो पु¥याउने सेवा दिँदै आउनुभएको छ ।
भैँसीले राँगो खोज्यो भने केही पशुपालक किसानहरुले घरमै भैंसी ल्याउने गर्छन् भने अधिकांश किसानको गोठमा नै पु¥याउनुपर्ने उहाँको भनाई छ । । घरमा ल्याएको र गोठमा पु¥याएको टुट (रकम) भने फरक–फरक निर्धारण गर्नुभएको छ ।
अघिल्लो वर्ष राँगोले लगभग ९० भन्दा बढि भैँसीलाई गर्भधान गराउँदा एक लाख ४० हजार आम्दानी गरेको रिजालको भनाइ छ । बार्षिक न्यूनतम ७० देखि डेढलाखसम्म कमाइ हुनेगर्छ । “घरमै लिएर आएमा राँगो फुकाइदिन्छु एउटा भैँसी गर्भाधान गराएको १ हजार रुपियाँ टुट लिँदै आएको छु । कृषकको गोठमै राँगो पु¥याएको खण्डमा डोरी बापतको थप २ सय देखि ५ सयसम्म लिने गर्नुभएको छ ।
५० वर्षीय रिजालले उमेर ढल्ंिकदै जाँदा राँगो डोराउन अलि कठिनाई हुने गरेको अनुभव सुनाउनुभयो । यसलाई स्याहारसुसार गर्र्नै प¥यो, यसले मार्छकी (सिंगले हान्ने) भन्ने डर पनि उस्तै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?