logo
२०८१ असोज १३ आईतवार



ठेक्काको करौडौँ रकम उठेन, गौशालाका संरक्षित गाईलाई दाना चाराेअभाव

अर्थ |
फिचर |


ठेक्काको करौडौँ रकम उठेन, गौशालाका संरक्षित गाईलाई दाना चाराेअभाव
गौशालामा रहेका गाईहरू । तस्बिरः नागेन्द्रकुमार कर्ण/महोत्तरी


नागेन्द्रकुमार कर्ण

महोत्तरी (जलेश्वर), असोज १९ गते ।  जिल्लाको गौशाला नगरपालिकामा रहेको निगौल गाई गौशालामा प्रशस्त जग्गा र आम्दानीको श्रोत भए पनि आर्थिक अभावका कारण त्यहाँ रहेका गाईहरूलाई दाना चाराे खुवाउन समस्या भइरहेको छ ।

आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षलाई गोठमा पालिएका गाईलाई पोषणयुक्त खाना जुटाउन दाताहरूसँग हात फैलाउनुपर्ने बाध्यता आइपरेको बताइएकाे छ । निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख राघेश्याम खनालले कार्यालयले विभिन्न जग्गाको ठेक्काबाट पाउनुपर्ने करौडौँ रुपियाँ उठाउन नसक्दा गोठमा पालिएका गाईलाई चारा खुवाउन समस्या भइरहेको बताउनुभयो ।

अहिले निगौल र गौशालामा रहेको दुई गोठमा तीन सयभन्दा बढी जर्सी, अगस्टन तथा संरक्षित गाई छन् । नवराजपुरमा निगौलमा १४९ वटा व्यावसायिक जर्सी र अगस्टन गाईहरू छन् जसमा अधिकांशले नियमित रुपमा दुध दिने गरेका् बताउँनुहुदै गौशालामा रहेको गोठमा १६४-१७० वटा गाई नेपाल सरकारले संरक्षित गरेको, चोरी निकासीबाट प्राप्त भएको गाई संरक्षणमा रहेको जानकारी दिनुभयो ।

आर्थिक अभावमा गाईलाई पौष्टिक आहारा खुवाउन समस्या भइरहेको जानकारी प्राप्त भएपछि स्थानीय समाजसेवी लक्ष्मी महतोले तत्कालै गाईलाई आहाराको लागि एक लाख रुपियाँ प्रदान गर्नुभएको जानकारी दिनुहुँदै निमित्त कार्यालय प्रमुख खनालले भन्नुभयो, ‘पछि फिर्ता हुने शर्तमा हामीले प्राप्त गरेको रकमले तत्कालै आइतबारदेखि पौष्टिक आहारा किनेर खुवाउन शुरु गरेका छौँ ।’

ती गोठबाट दैनिक १३० लिटरभन्दा बढी दूध प्राप्त भइरहे पनि पौष्टिक आहारा खुवाउन नसक्दा केही दिनदेखि दूधमा कमी आएको छ । गाईहरू नियमित रुपमा पौष्टिक आहार नपाउँदा दुध घटेको र दैनिक एक सय लिटर मात्रै दूध प्राप्त भइरहेको निमित्त कार्यालय प्रमुख खनालले बताउनुभयो । गाईहरूको रेखदेख, संरक्षणको लागि २२ जना जनशक्तिकाे व्यवस्था छ ।

निगौल गाई गौशालाको आफ्नै पोखरी, आँप, लिच्ची बगैँंचा र खेतीयोग्य जग्गा छ । गाई गौशालाको जग्गामा गौशाला नगरपालिकाले पशुहाट लगाएर ठेक्का लगाई आम्दानी लिइरहेको छ । तर ठेक्का लगाइएका यी स्रोतको रकम नपाउँदा त्यहाँ रहेका गाईहरूको लागि पौष्टिक आहार खरिद गर्न नसकिएको निमित्त कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो । उहाँले गौशाला नगरपालिकाबाट बजार ठेक्काको एक करोड रुपियाँ उठाउन बाँकी रहेको जानकारी दिनुहुँदै पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले न त पैसा दिन्छ न नयाँ सम्झौता गरेको बताउनुभयो ।

विगतमा साविकको गौशाला गाविस र निगौल गाई गौशालाबीच कुल ठेक्का रकमको २५ प्रतिशत निगौल गाई गौशालालाई दिनुपर्ने लिखित सम्झौता भएपनि अहिले नगरपालिकाले सो सम्झौता कार्यान्वयन नगर्दा समस्या बढेको उहाँको भनाइ थियो ।

१९८३ मा भारत विहार प्रान्तका दरभङ्गा महाराजले पन्ध्र सय गाई संरक्षण गर्न भनी दुई सय बिघा चरण क्षेत्र छुट्ट्याएर ‘निगौल गाई गौशाला’ स्थापना गरेका थिए । तर त्यसमध्ये पनि धेरै जग्गा अतिक्रमणको चपेटामा परिसकेका छन् । पहिला पहिला गौशालाको व्यवस्थापन बडाहाकिम, त्यसपछि अञ्चलाधीश हुँदै २०४७ सालमा प्रमुख जिल्ला अधिकारी मातहतमा आयो । अहिले भने २०६७ जेठ १९ गते मन्त्रिपरिषद्को निर्णय अनुसार गौशालाको सञ्चालन, व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डमार्फत भइरहेको छ ।

गौशालाको अवस्थाबारे जानकारी पाउनुभएका प्रदेश नं. २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले शनिबार गौशालाको निरीक्षण गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?