logo
२०८१ असोज १३ आईतवार



कम्बाइन हार्वेस्टरको उद्घाटन, हार्वेस्टर आएपछि धान काट्न सहज

अर्थ |
फिचर |


कम्बाइन हार्वेस्टरको उद्घाटन, हार्वेस्टर आएपछि धान काट्न सहज
सुनसरीमा धान काट्ने मेसिन (हार्वेस्टर) उद्घाटन



जयकृष्ण यादव
इनरुवा, असोज २३ गते । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा धान काट्ने मेसिन (कम्बाईन हार्वेस्टर)को उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्थाले चालू आर्थिक वर्षमा पहिलो पटक धान काट्ने मेसिन (हार्वेस्टर)को शुक्रबार उद्घाटन गरेको हो ।
हार्वेस्टर उद्घाटन प्रदेश १ का कृषि राज्यमन्त्री रामबहादुर राणा मगरले कृषिमा यन्त्रको प्रयोगले लागत घट्ने र किसानको आम्दानी बढ्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाई कार्यालयले किसानको सुविधाका लागि नयाँ यान्त्रिक प्रविधि प्रयोगमा ल्याएकाले सहज हुने भएको मन्त्री मगरले बताउनुभयो ।
धान काट्ने जनशक्ति अभाव भइरहेका बेला परियोजनाले यान्त्रिक प्रविधि प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै (हार्वेस्टर)को उद्घाटन गरिएको उहाँले बताउनुभयो । उहाँले कृषिमा मेसिन प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँवले समयको बचत र कम लागतमा धान काट्ने मेसिन (हार्वेस्टर)को प्रयोग र यसको प्रचारप्रसारका लागि गढी गाउँपालिकामा सचेतना अभियान सुरु गर्ने गरी उद्घाटन गरिएको बताउनुभयो । धान जोन एकाई कार्यालय प्रमुख दीपेन्द्र पोखरेलले धान र गहँु काट्ने मेसिनको विस्तार र सचेतना अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यालय प्रमुख पोखरेललले भन्नुभयो, ‘स–साना प्लट जग्गामा हाते मेसिन रिपर र धेरै क्षेत्रफल भएको जग्गामा हार्वेस्टर प्रभावकारी हुन्छ ।’
कार्यक्रममा अथितिहरुले यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गर्नुभएको छ ।
परियोजना धान एकाइ र चन्द्रोदय कृषि सहकारी संस्था लि.को संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधिको बारेमा सचेतना र प्रचारप्रसारसहित ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको (हार्वेस्टर)को उद्घाटन गरिएको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।
संस्थाका कोषाध्यक्ष सियालाल यादवले धान र गहुँ काट्न सहज हुने (हार्वेस्टर)को उद्घाटन गरिएको र एक घन्टामा एक बिघादेखि एक बिघा १० कट्ठासम्म धान काट्न सकिने बताउनुभयो । कम्बाइन हार्वेस्टर प्रयोग गर्नाले एकैपट काट्ने दाउनीको काम समेत प्रभावकारी भएको संस्थाका अध्यक्ष सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?