logo
२०८१ असोज १२ शनिवार



अझै आएन सहुलियतको चिनी

अर्थ |
फिचर |


अझै आएन सहुलियतको चिनी


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । साल्ट टे«डिङ कर्पोरेसनले यस वर्ष खरिद गर्ने भनेको २० हजार मेट्रिक टन चिनी अझै आएको छैन । चिनी खरिदको सबै प्रक्रिया पूरा गरिसकेको र गत साता नै आउने दाबी गरिएको चिनी आउन अझै एक साता लाग्ने बताइएको छ ।
सरकारले यही असोज १५ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरे पनि उक्त चिनी नआएका कारण दशैँलाई छुट दिने भनेको सहुलियत पसलमा चिनी पसलमा नै छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले सहुलियत पसलमा आउने वा अनलाइनबाट माग गर्ने ग्राहकबाट बढी चिनीको माग आएकाले कर्पोरेसनको चिनी आउनेबित्तिकै कम्पनीका बिक्री कक्ष वा अनलाइनबाट चिनी बिक्री गरिने जानकारी दिनुभयो ।
बाहिर बजारमा प्रतिकेजी ९० रुपियाँसम्म पर्ने र सहुलियत मूल्य पसलमा प्रतिकेजी ७३ रुपियाँमा पाइने भएपछि अधिकांश उपभोक्ता चिनी किन्न सहुलियत मूल्य पसलमा जाने गरेका छन् । अहिलेसम्म कर्पोरेसनसँग भएको मौज्दात चिनीबाटै उपभोक्ताको मागभन्दा घटाएर दुई÷चार केजी मात्रै दिँदै आएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनका निर्देशक एवं प्रवक्ता ब्रजेश झाले नयाँ चिनी नआएकाले ग्राहकले मागेको चिनी दिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चिनी खरिदको सबै प्रक्रिया पूरा गरे पनि यसपटक सामान्यभन्दा केही समय लागेको छ । यही साता चिनी आइपुग्छ भन्ने जानकारी हामीलाई आएको छ, नआएसम्म के भन्न सकिन्छ र ! हामीले आकलन गरेको समयभन्दा १० दिन नै ढिला भएको छ । अब नहोला कि भन्ने हो, झाले थप्नुभयो ।
उहाँका अनुसार कर्पोरेसनसँग भएको मौज्दात चिनी लगभग सकिन लागेको छ । कर्पोरेसनले उपत्यकामा मोबाइल भ्यानसहित १२ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । बाहिर बजारमा प्रतिकेजी ९० रुपियाँसम्म पर्ने र सहुलियत मूल्य पसलमा प्रतिकेजी ७३ रुपियाँमा पाइने भएपछि अधिकांश उपभोक्ता चिनी किन्न सहुलियत मूल्य पसलमा जाने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?