logo
२०८१ फाल्गुन ३० शुक्रवार



अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग   

अर्थ |


अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग   
फाईल तस्विर


काठमाडौँ, मङ्सिर ५ गते। एशियाली विकास बैङ्क (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैङ्कले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैङ्कको प्रधान कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैङ्कले जनाएको छ । भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुर्याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैङ्कले गरेको छ । यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवम् त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैङ्कले व्यक्त गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?