logo
२०८१ बैशाख २२ शनिवार



जुनार उत्पादनदेखि बिक्रीसम्म ट्र्याकिङ प्रविधि

अर्थ |


जुनार उत्पादनदेखि बिक्रीसम्म ट्र्याकिङ प्रविधि


दीपक श्रेष्ठ

काठमाडौँ, मङ्सिर २० गते । जुनार कुन गाउँमा फल्छ ? कुन किसानले फलाएको हो ? कति टाढाबाट ल्याइएको हो ? रोग, कीरा व्यवस्थापन कसरी गरिएको छ ? उपभोक्ताको यिनै जिज्ञासालाई समेट्दै उत्पादनदेखि आपूर्तिसम्मका शृङ्खला समेटेर राजधानीका बजारमा जुनार बिक्री थालिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीका अनुसार जुनारको बजारीकरणमा प्रविधिको प्रयोगले कृषि उत्पादनमा पारदर्शिता ल्याउन मद्दत गर्नेछ । यो प्रविधिअन्तर्गत उत्पादन, प्रशोधन र वितरणमा सुरुदेखि अन्त्यसम्मको शृङ्खला ट्र्याकिङ गरिने छ ।
उहाँका अनुसार यो सूचनाको ब्लक या प्याकेज हो । उत्पादन र उपभोक्ताबीच सूचना आदान प्रदान गर्नसमेत यो प्रविधिले सहयोग पु¥याउने छ । उहाँले ट्र्याकिङ प्रविधिले जुनारमा लाग्ने रोग, कीरा व्यवस्थापन, उपचार, सङ्कलन, लेबलिङदेखि उपभोक्तासम्म पुग्दाका विस्तृत विवरण उपभोक्ताले प्राप्त गर्नसक्ने बताउनुभयो ।
उहाँले उत्पादन र वितरणको जानकारी शृङ्खलाले जुनारको बजारीकरणमा खासगरी अन्तर्राष्ट्रिय व्यापारमा महŒवपूर्ण सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिकाको चिसापानी जुनार उत्पादन सहकारी संस्थामा आबद्ध ३४ बगैँचाका किसानले उत्पादन गरेको जुनारमा परीक्षणका रूपमा ‘ब्लक चेन’ प्रविधि प्रयोग गरिएको छ । चिसापानी जुनार उत्पादन सहकारी संस्थाका प्रमुख योगेन्द्र थापाले जुनार उत्पादनका सम्पूर्ण विवरण उपभोक्ताले प्राप्त गर्नसक्ने गरी विकास गरिएको प्रविधिले उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउने बताउनुभयो ।
‘ब्लक चेन’ के हो ?
कुनै पनि उत्पादनको सूचना प्याकेज उपभोक्तासम्म पु¥याउने माध्यम नै ‘ब्लक चेन’ हो । सिन्धुलीको जुनारको बजारीकरणमा ब्लक चेनको परीक्षण परियोजना हो । एग्रिक्लेयर सफ्टवेयरले यो प्रविधिको विकास गरेको हो । ई–सत्य र ग्रिन ग्रोथको सहकार्यमा पहिलोपटक सिन्धुलीमा जुनार ट्र्याकिङ सुरु गरिएको हो । ग्रिन ग्रोथका सौरभ ढकालका अनुसार जुनारको प्याकेजमा राखिएको ‘क्यूआरकोड’ स्क्यान गरेर उपभोक्ताले जुनार उत्पादन र वितरणसम्मका सम्पूर्ण सूचना प्राप्त गर्नसक्ने छन् । स्थानीय स्तरमा सूचना सङ्कलनका लागि जुनार सुपरजोनका कृषि विशेषज्ञले प्राविधिक पक्षमा सहयोग गरेका छन् ।
उहाँका अनुसार यसबाट जुनारका बोटमा फूल फुल्न थालेदेखि रोग, कीराको व्यवस्थापन, मल वा विषादीको प्रयोग, उत्पादन टिपिएको मिति, भण्डारण, प्रशोधन, वितरणलगायत जानकारी उपभोक्ताले लिनसक्छ । उपभोक्ताले यस्ता जानकारी प्राप्त गरेर आफूले उपभोग गरेको वस्तुप्रति ढुक्क हुनसक्ने वातावरण बन्ने ढकालले बताउनुभयो ।
उहाँका अनुसार जुनार उत्पादन भएको बगैँचा वा फार्मको नाम, फल विवरण र टिपेको मितिलगायत तथ्याङ्क स्थानीय सहकारीले रेकर्ड गर्नेछ । त्यस्तै ग्रिन ग्रोथले जुनारको प्रशोधन मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यूआर कोड लगाएर अनलाइनमार्फत बिक्री गर्नेछ । ढकालले यो प्रविधिमार्फत प्राप्त हुने तथ्याङ्कका आधारमा बीमा कम्पनीले बीमा गराउनसमेत सक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?