logo
२०८१ माघ १९ शनिवार



बन्दाबन्दीमा शुरु गरिएको कालिज पालनले प्रतिफल दिन थाल्यो

अर्थ |
पढ्नै पर्ने |


बन्दाबन्दीमा शुरु गरिएको कालिज पालनले प्रतिफल दिन थाल्यो


डिलबहादुर सिंह
डोटी, पुस २ गते । कोरोना भाइरस कोभिड १९ का कारण भएका बन्दाबन्दीमा धेरैले ब्यापार ब्यवसाय गुमाए तर डोटीको बोगटान फुड्सिल गाउँपालिका– ५ धिर्कामाण्डौंमा चार जना युवाले नयाँ ब्यवसाय शुरु गरेका छन् ।
बन्दाबन्दीको बीचमा नै डोटीको धिर्कामाण्डौमा ‘कालिज बहुउद्देश्यीय कृषि फर्म’ स्थापना भयो । उत्साहित चार युवाले पोखराबाट पाँच सय चल्ला ल्याएर सुरु गरिएको कालिज पालनले प्रतिफल दिन सुरु गरेको छ ।
कालिज बहुउद्देश्यीय कृषि फर्मका अध्यक्ष देवबहादुर बोहराका अनुसार प्रति कालिज भाले तीन हजार रुपियाँमा बिक्री भइरहेको छ । अध्यक्ष बोहराले भन्नुभयो– ‘एक किलो भन्दा माथि तौल रहेको भाले कालिज तीन हजारमा बिक्री सुरु गरिएको छ । धेरैजसो कालिज फर्मबाट नै विक्री भइरहेका छन् ।
करीब २२ लाखकाे लागतमा घर नजिकैको डाँडामा घेरवार गरेर काजिलको लागि बासस्थान बनाइएको छ ।
निकट भविष्यमा ह्याचरी मेसिन राखेर कालिजको चल्ला उत्पादन गर्ने र डोटीकै बजार क्षेत्रको रुपमा रहेको दीपायलमा काजिलको मासु पाइने गरी रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बताइएको छ । हाल कालिज फर्ममा चार जना कामदारले काम गरिरहेका छन् भने एक वर्षभित्र दश जना पुर्याइने बताइएको छ ।
कालिज पालनका लागि कुनै पनि निकायबाट अनुदान नलिएको सञ्चालकहरुले बताउनु भएको छ । सिजनात्मक कार्यसहित सुरु गरेको ब्याबसायिक कालिज पालनको प्रवर्धनका लागी बोगटान फुड्सिल गाउँपालिकाले सबै प्रकारको सहयोग गर्न तयार रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभएको छ ।
सुदूरश्चिम प्रदेशमा कैलाली जिल्लापछि ब्यवसायीक रुपमा कालिज पालनको सुरुवात डोटीमा गरिएको हो । नेपालमा कालीज पालन नयाँ ब्यवसाय भएको पशुसेवा बिज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले बताउनुभयो । शाहले भन्नुभयो –‘हाम्रा लागि पनि कालिज नौलो बिषय हो । ’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?