logo
२०८१ असोज ११ शुक्रवार



तङ्ग्रिँदै शुक्लाफाँटा

अर्थ |
फिचर |


तङ्ग्रिँदै शुक्लाफाँटा


अविनाश चौधरी

धनगढी, पुस १२ गते । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल हुन थालेको छ । निकुञ्ज कार्यालयले कात्तिक १ देखि निकुञ्जभित्र प्रवेश अनुमति दिएपछि केही मात्रामा आन्तरिक पर्यटक पुग्न थालेका हुन् ।
निकुञ्ज खुलेयता मङ्सिर मसान्तसम्म ३९५ जना आन्तरिक पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिनुभयो । “चैतदेखि पर्यटन गतिविधि शून्य भएको थियो,” उहाँले भन्नुभयो, “अहिले बिस्तारै पिकअप लिइरहेको छ । ” अहिलेको विषम परिस्थितिमा झन्डै चार सय जनाले शुक्लाफाँटाको अवलोकन गर्नु पनि ठूलो कुरा रहेको सहायक संरक्षण अधिकृत चौधरीको भनाइ छ ।
दुई महिनाको अवधिमा केही आन्तरिक पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरे पनि विदेशी पर्यटक भने शून्य छन् । विदेशी पर्यटक नआउँदा निकुञ्ज कार्यालयले राजस्व पनि धेरै उठाएको छैन । दुई महिनाको अवधिमा आन्तरिक पर्यटकबाट एक लाख रुपियाँभन्दा केही बढी रकम आम्दानी भएको सहायक संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको चैत ११ सम्म स्वदेशी तथा विदेशी गरी एक हजार ५७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?