logo
२०८१ फाल्गुन १६ शुक्रवार



चियामा सकसः समस्या जहाँको त्यहीँ   

अर्थ |


चियामा सकसः समस्या जहाँको त्यहीँ   
सांकेतिक तस्बीर


किरण पौड्याल

इलाम, माघ २३ गते । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले एउटा सार्वजनिक कार्यक्रममा चियाका विषयमा धेरै गुनासो गर्नुभयो उहाँले चिया उत्पादकले बोरामा खुट्टाले खाँदेर बेच्ने गरेको बताउनुभयो     
    
यतिमात्र होइन, बोरामा खादेको चिया किन्न उद्योगमा फोन गर्ने उचित दाम दिए ल्याउँछुभन्ने गरेको सुनाउनुभयो देशकै बढी चिया उद्योग चिया उत्पादन हुने नगर हो सूर्योदय चियामा पनि अर्थोडक्स यस क्षेत्रमा बढी उत्पादन हुन्छ यस क्षेत्रका किसान, उद्यमी श्रमिकले गुनासो पोख्ने ठाउँ हो नगरपालिका तर नगरप्रमुख समेत यिनै विषयमाथि गुनासो गर्र्दैहुनुहुन्थ्यो त्यसमा पनि सार्वजनिक कार्यक्रममा     
    
नगरप्रमुखले यति मात्र भन्नुभएन उद्योग उद्योगबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा चिया क्षेत्र चल्नै सकस परेको राईले गुनासो गर्नुभयो उहाँले केही व्यक्तिले झापाको सिटिसी चियालाई इलामको चिया भन्दै सूर्योदय नगरपालिकास्थित कन्याममा बेच्ने गरेको समेत सुनाउनुभयो राई आफै नेतृत्वदायी पदमा हुनुहुन्छ आफँैले समस्या सुल्झाउनु पर्ने हो तर समाधान गर्नुको सट्टा गुनासो गर्दै हुनुहुन्थ्यो गुनोसो नगरप्रमुख राईको मात्र थिएन इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतको पनि थियो     
    
इलाम नगरपालिका चियाको इतिहास बोकेको नगर हो विसं १९२० मा इलाम नगरपालिकाको अहिलेको इलाम चिया बगानमा तत्कालीन गजराजसिंह थापाले चिया रोपण गरेको इतिहास त्यसपछि मात्रै अन्य क्षेत्रमा चिया रोपण भएको थियो     
    
इतिहास बोकेको चिया क्षेत्रमा अगाडि रहेको नगरकै प्रमुखले चियाको बजारीकरणमा गहिरो गुनासो पोख्नुभयो उहाँले प्रविधि प्रतिस्पर्धाका बीच नेपालको चिया विश्वबजार लानुपर्ने बाध्यता बताउनुभयो उहाँले यथास्थितिबादी बजारकै कारण नेपाली चियाको बजारमाथि नउठेको गुनासो पोख्नुभयो     
    
गुनासो नगर प्रमुखको मात्र थिएन प्रदेश नं का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाको पनि कार्यक्रममा गुनासै सुनिन्थ्यो उहाँले नेपाली चियाको बजार भारतीय बजार भएको बुझ्नाले कम मूल्यमा बेच्नु परेको बताउनुभयो उहाँले चियाको बजारीकरणका लागि तेस्रो मुलुक वा भारतकै नयाँ बजार खोज्न आग्रह गर्नुभयो     
    
प्रदेश नंं मा कृषि मन्त्री छैन राज्यमन्त्री भएपनि रानाले मन्त्रीकै हैसियतमा समस्याको उत्तर दिनुपर्ने हो तर ठीक विपरीत उहाँले झन् समस्या ओकल्नुभयो केही वर्षअघि चियाको बजारका लागि झापाको विर्तामोडमा अक्सन खोलियो भवन बन्योराज्यमन्त्री रानाले भन्नुभयो,“अहिले भवन काम नदिने भयो होला अक्सन मात्र होइन फर्निचर पनि काम नदिने भयो होला रानाले पूर्वी क्षेत्रमा उत्पादन हुने चिया प्रदेशको राजधानी विराटनगर नपुग्ने गरेको गुनासो गर्नुभयो     
    
जिल्लामात्र होइन प्रदेशकै अगुवाले नै यस्ता गुनासो गरेपछि चिया क्षेत्र कति पछाडि भन्ने सहजै अनुमान गर्न सकिन्छ उद्यमी, किसान श्रमिकका गुनासो समस्या छन् तर अभिभावकत्व ग्रहण गर्ने व्यक्तिले नै समस्या बरबराएपछि कसरी होला समाधान ? यो प्रसङ्ग केही दिनअघि इलाम सदरमुकाममा आयोजित चियाको दिगो निर्यात अभिवृद्धि आयोजनाको हो     
    
चियाको समस्या सुनाउन आएका किसानमध्ये अधिकांशले समस्या भन्नै पाएनन् कतिले भनेपनि समस्या सुल्झिनेमा विश्वासै नगरी घर फर्किए यी समस्या चियाका अल्पकालीन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?