logo
२०८१ फाल्गुन १६ शुक्रवार



घट्यो सुनको मूल्य, कति छ आज ?

अर्थ |


घट्यो सुनको मूल्य, कति छ आज ?


काठमाडौँ, माघ २६ गते । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ । त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?