logo
२०८१ बैशाख ८ शनिवार



मिलेन बायोमेट्रिक हाजिरी

पाँच प्रतिशतमा बायोमेट्रिक समस्या नमिलेका बायोमेट्रिक गर्ने अभिमुुखीकरण संस्थाको विवरण राखी कारबाहीको तयारी

अर्थ |


मिलेन बायोमेट्रिक हाजिरी


सीता शर्मा

काठमाडौँ, वैशाख १६ गते । अभिमुुखीकरण तालिमका लागि मान्यता पाएका केही संस्थाले बिनातालिम सेटिङमा श्रमिक विदेश पठाउने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा यस्तो पाइएको हो ।
विभागले गएको आइतबार वा १२ गतेदेखि विमानस्थलमा छुुट्टै डेक्स खडा गरी वैदेशिक रोजगारीमा जानेको बायोमेट्रिक हाजिरी परीक्षण अनिवार्य गरेको जनाएको छ । विभागका निर्देशक महेन्द्रप्रसाद भट्टराईले वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमको क्रममा सेटिङ गरेर तालिम नै नदिई वैदेशिक रोजगारमा पठाउने गरेको पाइएपछि विभागले विमानस्थलमै बायोमेट्रिक हाजिरी अनिवार्य गरेको जानकारी दिनुुभयो ।
उहाँका अनुसार विभागले उपत्यका र उपत्यकाबाहिर गरेको अभिमुखीकरण गर्ने संस्थाको अनुगमनको क्रममा म्यानपावर तथा एजेन्टहरूको आग्रहमा अभिमुखीकरण तालिम दिने संस्थाले वैदेशिक रोजगारमा जान लागेका श्रमिकलाई अभिमुखीकरण तालिममा सहभागी नगराई प्रमाणपत्र दिने गरेको र बायोमेट्रिकसमेत किर्ते गर्ने गरेको पाइएको थियो ।
अनुुगमनका क्रममा डेक्सले अभिमुखीकरण संस्थामा आबद्ध कर्मचारीले आफँैले अरूको बायोमेट्रिक गरिदिने गरेको र कतिपय खेताला खोजेरसमेत अरूको किर्ते बायोमेट्रिक गरिदिने गरेको तथा तालिममा सहभागी हुने काम गरिरहेको पाइएको थियो ।
निर्देशक भट्टराईले भन्नुुभयो, “बायोमेट्रिक हेर्दा ५ प्रतिशतमा बायोमेट्रिकमा नमिल्ने समस्या छ । त्यस्तो समस्या भएकालाई विमानस्थलबाट फिर्ता गरिएको छैन तर नमिलेकाको बायोमेट्रिक गर्ने अभिमुुखीकरण संस्थाको विवरण राख्ने काम भएको छ । त्यही आधारमा ती संस्थालाई कारबाही हुन्छ । ” हाल बायोमेट्रिकमा ठूलो समस्या नआएकाले श्रमिकलाई फिर्ता गरिएको छैन, ठूलो समस्या भयो भने त श्रमिककै सुरक्षाका लागि पनि फिर्ता गर्नुुपर्छ, उहाँले थप्नुुभयो ।
अहिले कोरोनाको महामारीका कारण जोखिम बढेको र बायोमेट्रिकमा पनि ठूला समस्या नदेखिएकाले श्रमिकलाई दुुःख नदिने तर ती श्रमिकलाई किर्ते बायोमेट्रिक हाजिरी गरिदिने संस्थाको विवरण सङ्कलन गरिएको निर्देशक भट्टराईको भनाइ छ । वैदेशिक रोजगार ऐन र नियमावली २०६४ अनुुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानुपूर्व तोकिएबमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था छ ।
अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रमअनुसारको तालिम दिई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था छ ।
विभागले पछिल्लो पटक अभिमुखीकरण तालिम दिने ४५ वटा संस्थाको आकस्मिक अनुगमन गरेकामा ३० वटा त बन्द गरेको जनाएको छ । अभिमुुखीकरण तालिमका लागि १३९ वटा संस्थाले मान्यता पाएकामा ती संस्था तत्काल बन्द गरिएका हुुन ।
विभागका अनुसार नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनःश्रम स्वीकृति प्राप्त गर्न कठिन हुने र गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुनको जानकारी गराउन अनुरोध गरेको छ । पछिल्लो व्यवस्थाअनुसार विदेश प्रस्थानपूर्व अनिवार्य लिनुुपर्ने अभिमुुखीकरण तालिममा सहभागीको बायोमेट्रिक हाजिरीको रेकर्ड अनलाइनमार्फत विभागमा पठाउनुपर्ने व्यवस्था छ ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र दिने गरेको वा नक्कली बायोमेट्रिक लिएको भएपछि उनीलाई वैशाख १२ गतेदेखि विमानस्थलबाट फर्काइने घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?