logo
२०८१ असोज ६ आईतवार



वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो

अर्थ |
फिचर |


वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो


दीपकप्रसाद गौतम
वीरगञ्ज, जेठ ७ गते । जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रिएको छ । काठमाण्डौंको शंकर ग्याँस उद्योगले जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्र्याएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी शैलेन्द्र अधिकारीका अनुसार जेष्ठ महिनाको पहिलो सातामा तीन लटमा गरी एउटै उद्योगले उक्त परिमाणको लिक्विड अक्सिजन ग्याँस भित्र्याएको हो ।
उहाँका अनुसार तीन लटमा आएको उक्त अक्सिजन ग्याँसको पहिलो लटमा ११ हजार ५ सय ५० एमटिक्यू , दोश्रोमा ४ हजार ८ सय ७४ एमटिक्यू र तेश्रोमा १२ हजार ५ सय ७४ एमटिक्यू गरी जम्मा २८ हजार ९ सय ९८ एमटिक्यू छ ।

कोरोनाको दोश्रो लहर सुरु भएयता अक्सिजन ग्याँसको अभाव बढे पछि नेपालमा उत्पादन भइरहेको अक्सिजन ग्याँसले माग थेग्न नसकेपछि भारत लगायतका बिभिन्न मुलुकबाट अक्सिजन ग्याँस भित्र्याउने क्रम बढेसगै वीरगञ्ज नाका भएर पछिल्लो समयमा लिक्विड अक्सिजन ग्याँस भित्रिएको भन्सार कर्मचारीहरु बताउँछन् ।

सरकारले अक्सिजन ग्याँस आयातमा भन्सार शुल्क शून्य बनाएको छ । एउटा सानो र चार वटा ठूलो गरी ५ बटा ग्याँस बुलेटमा उक्त २८ हजार ९ सय ९८ एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्र्याएको हो । सानो बुलेटमा रहेको लिक्विड अक्सिजनबाट ५ सयभन्दा बढी ४० लिटरको सिलिन्डर भर्न सकिन्छ भने ठूलो बुलेटमा रहेको लिक्विड अक्सिजनबाट ४० लिटरको १५ सय सिलिन्डर भर्न सकिने बताइएको छ ।
पर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगहरुले आफै ग्याँस प्लान्टबाट अक्सिजन उत्पादन गरी ग्याँस वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्वीड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने विज्ञहरु बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?