logo
२०८१ बैशाख २२ शनिवार



निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामै

अर्थ |


निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामै
सांकेतिक तस्वीर


सीता शर्मा

काठमाडौँ, जेठ १५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले खाद्य कम्पनी र साल्ट टे«डिङले खाद्य सेवा दिएका हुन् ।
आफूलाई आवश्यक पर्ने घरमा पु¥याएबापत खाद्यान्नको मात्रै पैसा तिरे पुग्ने कुनै शुल्क नलाग्ने पनि ती संस्थाले जनाएका छन् । पहिलो दिन खाद्य कम्पनीले अनलाइन वा फोनमार्फत आएको आदेशका आधारमा उपत्यकाका विभिन्न ठाउँमा खाद्यान्न घरघरमा पु¥याइएको जनाएको छ । कम्पनीका विभागीय प्रमुख भीमबहादुर थापाले उपभोक्ताको मागका आधारमा उपत्यकाभित्र सबै ठाउँमा माग आएबमोजिम खाद्यान्न घरसम्मै पु¥याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार उपत्यकाका मध्यपुर ठिमी, गट्ठाघर, वसुन्धारा, बुद्धनगर, इमाडोल, कीर्तिपुरलगायतका विभिन्न २५ वटा अर्डर लिएर सेवा दिएको छ । ती आदेशमध्ये तीनवटा फोनमार्फत र अन्य सबै अनलाइनमार्फत आएका थिए । खाद्यान्नमा विशेष गरी चामल, दाल, तेल, गेडागुडी, आटा, ग्यास (एसटीसी), चिनी, नुन, फापरलगायत गरेर न्यूनतम दुई हजार र बढीमा १५ हजारसम्म सामान उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।
विभागीय प्रमुख थापाले शुक्रबार मात्रै १८/२० वटा फोन राहत खाद्यान्न उपलब्ध गराउने अनुरोधका फोन आएको तर निःशुल्क उपलब्ध गराउन सक्ने अवस्था नभएको बताउनुभयो । “खाद्यान्न नभएर भोकै बस्ने अवस्थाका नागरिकलाई सम्बन्धित स्थानीय तहले खाद्यान्नको व्यवास्था गर्ने भनिएको छ,” उहाँले थप्नुभयो, “स्थानीय सरकारले तिर्ने सर्तमा हामीले उहाँहरूलाई सहजीकरण गर्न सक्छौँ । ”
साल्ट ट्रेडिङ कर्पोरेसनले भने आफ्ना तीनवटा गाडीमार्फत उपत्यकाका सबै ठाउँमा खाद्यान्न सेवा दिइरहेको छ । कर्पाेरेसनको खाद्यान्न सेवा खाद्य कम्पनीको भन्दा केही फरक छ । कम्पनीका उपमहानिर्देशक कुमार राजभण्डारीले कर्पोरेसनले खाद्यान्न जतिसक्दो धेरैकोमा पु¥याउने उद्देश्य राखेकाले माइकिङ गर्दै टोलटोलमार्फत सेवा दिएको जानकारी दिनुभयो ।
उहाँले खाद्यान्न सेवालाई प्रभावकारी गराउन स्थानीय वडा तहबाट पहल भएमा हाम्रो सेवा अझै व्यवस्थित हुने र सबैले खाद्यान्न पनि प्राप्त गर्नसक्ने बताउनुभयो । उपमहानिर्देशक राजभण्डारीले गत वर्षजस्तै पालिकाअन्तर्गतका वडाध्यक्ष र सदस्यस्तरबाट सहजीकरण भएको खण्डमा खाद्य कम्पनी र कर्पोरेसनलाई घुम्ती खाद्य सेवा दिन धेरै सहज हुने भएकाले यस प्रकारको सहजीकरणको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गर्नुभयो । कर्पाेरेसनले दाल, चामल, नुन, चिनी, तेललगायतका सामान बिक्री गर्दै आएको छ ।

 राहत खाद्यान्नको खोजी
काम बन्द त छँदै थियो खाद्यान्न पसलसमेत बन्द हुँदा त्यसको मारमा दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिक वर्ग परेका छन् । उनीहरूको चुलो बल्न नसक्ने अवस्था भएको छ । निषेधाज्ञा कडा पारिएकै पहिलो दिन १८/२० जनाले खाद्य कम्पनीमा राहत खाद्यान्न चाहियो भनेर फोन गरे । हातमा पैसा नहुँदा उनीहरूले खाद्यान्न पाएनन् ।
कम्पनीमा खाद्यान्न माग गर्न न्यूनतम दुई हजार रुपियाँको अर्डर गर्नुपर्छ । जिल्ला प्रशासनले खाद्यान्न घरमै आउँछ नआत्तिनुहोस् भने पनि वास्तविक राहतको खोजीमा रहेकाका लागि कसैले पहल नगरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले आरोप लगाउनुभयो ।
“खाद्यान्न घरघरमै सेवा दिने खाद्य कम्पनी र साल्ट टे«डिङ कर्पाेरेसनले राहत खाद्यान्नको माग गर्दा स्थानीय सरकार देखाउने गरेका छन्,” उहाँले भन्नुभयो, “जो गरिब, श्रमिक जसले दुई छाक खानका लागि दिनभर पसिना बगाउनुपर्छ, त्यो व्यक्तिको स्थानीय सरकारसँग पहुँच हुन्छ र राहत पाउँछ ?” खाद्य कम्पनी र कर्पोरेसनको खाद्यान्न सेवा हुनेखानेका लागि मात्रै भएकाले दिनभर काम गरेर बेलुका खाने श्रमिकलाई राहत नभएको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?