logo
२०८२ असार १ आईतवार



निर्माण सामग्री बोक्ने गाडी रातिको समयमा चल्न पाउने

अर्थ |
फिचर |


निर्माण सामग्री बोक्ने गाडी रातिको समयमा चल्न पाउने
सांकेतिक


गोरखापत्र अनालइन
काठमाडौं, जेठ १९ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञामा निर्माणको काम सुचारु गर्न दिने निर्णय गरेको छ । निजी तथा सार्वजनिक निर्माणको काम चल्ने दिने भित्रै कामदार राखेर जनस्वास्थ्यका मापदण्ड अपनाएर काम गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
निर्माण सामग्री बोक्ने गाडी रातिको समयमा चल्न पाउने समेत प्रजिअ भट्टराईले बताउनुभयो । यस अघि थप भएको निषेधाज्ञामा निर्माणको काम पनि बन्द गर्ने निर्णय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?