गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ६ गते । यो साता देशभर भएको अविरल वर्षका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि तत्कालीन र दीर्घकालीन प्रकृतिका सहायता उपलब्ध गराउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल
(इप्पान)ले सरकारसमक्ष माग गरेको छ ।
निर्माणाधीन तथा सम्पन्न भइसकेका धेरै आयोजनामा यस्तो क्षति भएको उल्लेख गर्दै तत्काल राहत तथा सहयोगमा जुट्न आग्रह गरको इप्पानले हो । इप्पानले क्षतिग्रस्त पहुँच मार्गको तत्काल पुनर्निर्माण, क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने औँल्याएको छ ।
त्यस्तै सबस्टेसनहरूको सुरक्षा प्रबन्धका लागि तत्काल उचित कदम चाल्नुपर्ने पनि इप्पानले जनाएको छ । समस्या समाधानका लागि गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाउन पनि उसले सुझाएको छ ।
प्रभावित आयोजनाहरूको दीर्घकालीन सहायताका लागि छिटो बीमाको भुक्तानीमा सहजीकरण गर्नुपर्ने, निर्माण सम्पन्न हुने चरणमा रहेका कतिपय आयोजनामा बाढीले क्षति पु¥याएकाले अब कम्तीमा एक वर्ष ढिला हुन जाने देखिएकाले आयोजनाहरूले लिएको ऋण रकममा नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि पुनर्कर्जा सुविधा पनि दिन सुझाइएको छ ।
विभिन्न नदी, जलाधार तथा करिडोरमा रहेका पावर हाउस तथा हेडवक्र्सको सुरक्षाका लागि नेपाल सरकार, जल उत्पन्न तथा प्रकोप नियन्त्रण विभागमार्फत नदी नियन्त्रणका लागि योजना बनाउन पहल गर्न पनि इप्पानले माग गरेको छ ।
इप्पानले बाढीपहिरो पीडितप्रति दुःख व्यक्त गर्दै घरबारविहीन भएकालाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने पनि जनाएको छ ।