logo
२०८१ असोज ४ शुक्रवार



प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति  

अर्थ |
फिचर |


प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति  
फाइल तस्बिर


काठमाडौँ, असार १८ गते । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । 

 प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?