मुकुन्द गैरे, दृश्यमा मनोजरत्न शाही/केशब गुरूङ्
काठमाडौं, असार २२ गते । केही दिन अघि धान दिवस मनाइयाे । साे क्रममा नेपाललाई कृषि प्रधान देश भनेर बाहिरबाट किन्नु परेकाे विषयमा चर्चा भयाे । तर पछिल्लो समय दैनिक उपभोग्य चामल लगायत खाद्यन्न बाहिरबाट आयात भइरहेको छ । विगत ४० बर्ष अघि नेपालमा उत्पादन भएको धान विभिन्न देशमा निर्यात हुँने गर्थ्याे । अहिले जुनसुकै सामानमा पनि बाहिरबाट आयात बढीरहेको छ ।
यसै बीच बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठ चामल आयात बढीरहनुको विभिन्न कारण रहेको बताउनुहुन्छ । नेपाल धान उत्पादन बढदो भएता पनि वर्सेनि जनसंख्या बृद्धसँगै दुई छाक भात खाने चलनले चामल आयात बढनुको प्रमुख कारण भएको बताउनुहुन्छ । विगतमा मेला पर्व र केही दिन विराएर भात खाने गरेकोमा पछिल्लो पुस्ताले भने विहान बेलुका नै भात खाने चलन बढीरहेको बताउनुहुन्छ ।
बाहिरबाट मिठो खानाको नाममा मसिनो चामल बाहिरबाट आर्यात गर्नेक्रम पनि बढीरहेको उहाँ बताउनुहुन्छ । अहिले बाटोनै नपुगेको ठाउँमा समेत बोकेर लगेर दुई छाक भात नै खाने चलन बढेको उहाँ बताउनुहुन्छ ।
अव चामलको परनिर्भता कम गर्न हामीले दुई छाक भात खाने चलनमा पनि परिवर्तन गर्नु पर्ने बेला आएको उहाँको भनाई छ ।
हाम्रो रैथाने खेती मकै, गहँु , कोदो बालीको समेत उत्पादन बढाउन आवश्यक रहेको उहाँको भनाई छ । नेपालमा वर्सेनि बाढी, पहिरो साथै गाउँमा काम गर्ने युवा शहर र विदेश पसे पछि खेती योग्य जमिन बाँझो रहँदा पनि खाद्यन्न उत्पादनमा असर गरेको छ ।