logo
२०८२ भाद्र २१ शनिवार



कृषि विकासले ल्यायो थप सुविधा

अर्थ |


कृषि विकासले ल्यायो थप सुविधा


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६ गते । कृषि विकास बैङ्कले शुक्रबारदेखि नयाँ सेवा सुचारु गरको छ । बैङ्कले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने उद्देश्यले खाता खोल्ने प्रणालीको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गर्नुभएको हो ।
यस सेवाअन्तर्गत बैङ्कमा खाता भएका ग्राहकले बिनाझन्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ तथा एटीएम कार्ड सेवाका लागि निवेदन दिनसक्ने बैङ्कले जनाएको छ ।
बैङ्कमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा ती सेवाका लागि अनुरोध गर्नसक्ने बैङ्कले जनाएको छ । साथै बैङ्कमा खाता नभएका ग्राहकले समेत देश विदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सबै सेवा अनुरोध गर्नसक्ने छन् । यस प्रकारको सेवा सुचारु भएपछि स्वचालित रूपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई
जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको बैङ्कले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?