logo
२०८२ भाद्र २१ शनिवार



बागमती प्रदेशको बजेट बहुमतबाट पारित

अर्थ |
प्रदेश |


बागमती प्रदेशको बजेट बहुमतबाट पारित


राममणि दाहाल
हेटौँडा, असार २८ गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ बहुमतले पारित भएसँगै प्रदेश सरकारको आगामी आवको बजेट र कार्यक्रम पारित भएको हो ।
यसअघि आइतबार भएको विनियोजन विधेयक २०७८ को विभिन्न शीर्षकमाथिको छलफलपछि बजेट बहुमतले पारित भएको होे । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले विनियोजन विधेयक २०७८ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक २०७८ प्रदेश सभामा स्वीकृतिका लागि पेस गर्नुभएको थियो ।
यस्तै अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभाका सदस्यहरुले प्रतिपक्षी दलहरुको अनुपस्थितिमा जबर्जस्ती विनियोजन विधेयक पारित गरेकोमा आपत्ति जनाएका थिए ।
अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सभामुख सानुकुमार श्रेष्ठले विषय बस्तुमाथि बोल्न रुलिङ गरेपनि सत्ता पक्षका प्रदेश सभाका सदस्यहरुले सरकारको बचाउमा र विपक्षी दलका प्रदेश सभाका सदस्यहरुले सरकार र सभामुखको कार्यशैलीको विरोधमा बोलेका थिए । बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?