अजय क्षेत्री, दृश्यमा मनोजरत्न शाही
काठमाडौं असार २९ गते । यस आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुनराउत्थानलाई प्रथामिकता दिइने बताइएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
कोभिड १९ को समस्याबाट उत्पन्न जटिल आर्थिक अवस्थालाई मध्यनजर गर्दै विस्तारकारीत (एक्पान्सनरी) मौद्रिक नीतिको तर्जुमा हुनेछ । अर्थतन्त्रको आवश्यकताका अनुसार खुला बाजार नीति संचालान हुने उहाँले बताउनुभयो । आर्थिक गतिविधिलाई गति दिन 'एक्पानसरी' मौद्रिक नीतिले निरन्तरता पाउने छ ।
विशेष परिस्थितिमा रेगुलेटरी प्रावधानमा खुकुलो हुने बताउँदै निर्देशक श्रेष्ठले नेपाल राष्ट्र बैंकले दिएका अहिलेका केही सुविधाहरूलाई अबस्थामा सुधार भए पछि क्रमश कम गरिने बताउनुभयो ।
आर्थिक स्थायित्वमा असर नपर्ने गरी सन्तुलित रुपमा अर्थतन्त्र अगाडि बढाउनु पर्ने भएकाले सोही अनुसारको मोद्रिक नीति ल्याइने उहाँले बताउनुभयो ।