logo
२०८२ भाद्र १६ सोमवार



उन्नाइस करोड रूपियाँको चेकसहित एक मिटरव्याजी पक्राउ

अर्थ |


उन्नाइस करोड रूपियाँको चेकसहित एक मिटरव्याजी पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३ गते । विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार रुपियाँ बराबरको चेकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका - १ घर भएका प्रकाश उप्रेती रहेका छन् । हाल ललितपुरको भैंसेपाटीमा बस्ने ३३ वर्षीय उप्रेतीलाई काठमाडौं महानगरपालिका -७ चाबहिल मित्रपार्कस्थित दिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका - २ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका - ३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट चार करोड १६ लाख रुपियाँको चेक र हेमराजबाट चार करोड १४ लाख चेक लिएर सो बापतको रकम नदिए ज्यान मार्ने धम्की दिई ठगेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटेको प्रहरीले उप्रेतीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?