logo
२०८० चैत्र १६ शुक्रवार



खाद्यान्नको गुणस्तर मापदण्ड तोकिँदै

अर्थ |


खाद्यान्नको गुणस्तर मापदण्ड तोकिँदै


सीता शर्मा

काठमाडौँ, साउन १६ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दलहन, आइसक्रिम, मह, विभिन्न फलफूूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषलगायत थप २५ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, पुुष्टकारी, दालमोट, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, गुुँदपाकलगायतका १३५ विभिन्न खाद्यवस्तुको गुणस्तर मापदण्ड तोकेको विभागले थप २५ वस्तुको मापदण्ड निर्धारण गर्ने तयारी गरेको हो ।
विभागका महानिर्देशक उपेन्द्र रायले यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा खाद्यविज्ञसहितको प्रविधि समितिले काम गरिरहेको जानकारी दिनुुभयो । यीमध्ये पनि केही वस्तुको मापदण्ड प्रविधि समितिबाट स्वीकृति भइसकेको र अधिकांश स्वीकृत हुने क्रममा रहेको उहाँको भनाइ छ ।
विभागका अनुसार विगतमा खाद्यान्नका मापदण्ड बनेका छन् तर वस्तुगत रूपमा छुट्याइएको थिएन । दलहन, मह, फलफूलका रस, आइसिक्रमलगायत वस्तु निर्यात हुन्छन् । खाद्यान्नको वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुने विभागले जनाएको छ । गर्मी महिनामा आइसक्रिमको खपत पनि बढ्ने गरेको छ । यद्यपि यसको मापदण्ड निर्धारण नहुँदा आमउपभोक्ता गुणस्तरहीन आइसक्रिम उपभोग गर्न बाध्य छन् ।
विभागको खाद्यस्तर निर्धारण कार्यक्रमअनुसार गेडा सिमी÷सिमीको दाल, गेडा बकुला÷बकुलाको दाल, गेडा बोडी÷बोडीको दाल, गेडा राजमा÷राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुणस्तर तोक्ने लागिएको छ । फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाइटनर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता, मह, सोयासस, सोयाबडी, रोल्ड ओटस्, पिनट बटर, कोका बटर, मार्गरिन, रोस्टेड पिनट केर्नल, विभिन्न फलफूल तथा तरकारीमा जीवनाशक विषादीको अवशेषको गुणस्तर तोक्ने तयारी गरिएको हो । अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयार गरी प्राविधिक विज्ञहरूको समितिमा छलफल गरिएको विभागले जनाएको छ । विभाग महानिर्देशक रायले यी वस्तुको मापदण्ड तोक्ने विषयमा उपसचिवको संयोजकमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गर्ने र विश्लेषण गर्ने काम गरिरहेको जानकारी दिनुुभयो ।
विभागका अनुसार समितिले प्रयोगशाला परीक्षण, अन्तर्राष्ट्रिय र यसअघिका राष्ट्रिय अभ्यासलगायतका विषयलाई आधार बनाएर छलफल भइरहेको छ । प्राविधिक समितिबाट स्वीकृत भएपछि महानिर्देशक संयोजकत्वमा गठित समितिमा छलफल हुने र यसपछि कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवकहाँ पेस हुने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुुभयो । उहाँका सबै प्रक्रिया पूरा भएपछि कृषिमन्त्रीमार्फत मन्त्रिपरिषद्मा पेस गरिएको उक्त मापदण्ड त्यहाँबाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशन हुन्छ त्यसपछि कानुनी आधार बन्छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्तिम वा गएको असारमा फलफूलको रस, फलफूलको पेय र फलफूलको नेक्टरको मापदण्ड तोकिएको छ । अब यी वस्तुको उत्पादन वा खरिद गर्दा खाद्य विभागले तोकेको मापदण्ड अनुसार हुनुुपर्नेछ । यस्तै विभागले योभन्दा अगाडि विभागले १३५ वटा वस्तुको मापदण्ड निर्धारण गरिसकेको छ । विभागले आर्थिक वर्ष २०७७÷०७८ मा चिउरा, पुष्टकारी, गुँदपाक, तेल तथा घिउमा टोटल पोलार मेटेरियल दालमोट र १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको जनाएको छ ।
यी वस्तुको अनुगमन भए वा नभएको ढुसी र रङको मात्रै निरीक्षण हुन्थ्यो । गुणस्तर निर्धारण भएपछि वस्तुगत रूपमै निरीक्षण गर्न सहज भएको दावी विभागको छ । चिउरामा फोहोर, अन्य गन्ध एवं ढुसी कीरा, कीराको निष्कासित पदार्थ तथा अन्य हानिकारक पदार्थ हुनुहुँदैन । यसमा कुनै पनि बाह्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोटमा र भुजियामा प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न नपाइने मापदण्डमा उल्लेख गरिएको छ । दालमोट, भुजिया तथा मिक्स दालमोट, सफा, सुक्खा, उपयुक्त रङ स्वाद, स्वाभाविक बास्ना भएको र खाँदा झ्ुुरूम गर्ने हुनुपर्छ । प्याकिङ तथा लेबलिङका क्रममा सफा र शुद्ध ग्रेड प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?