रङ्गेली समाचारदाता
विराटनगर,भदौ १ गते । प्रदेश १ सरकारले घरेलु मदिराको स्तराङ्कन (ब्रान्डिङ) गरी अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने तयारी गरेको छ । यसलाई प्रदेश गौरवको आयोजना बनाउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
त्यसका लागि प्रदेश सरकारले कार्यदल गठन गरी नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको प्रतिबन्धविरुद्ध स्तराङ्कन (ब्यान्ड भर्सेस ब्रान्ड) अवधारणाको सम्भाव्यता अध्ययन गराएको छध्र
कार्यदलले सामाजिक विकासमन्त्री उषाकला राईसमक्ष सोमबार प्रतिवेदन हस्तान्तरण ग¥यो । प्रतिवेदन ग्रहण गर्दै उहाँले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ गौरवको योजना भएको बताउनुभयो ।
मन्त्री राईले प्रदेश १ मा रहेको स्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा ल्याइएको बताउनुभयो । कानुनी अड्चन हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्ने र यसले प्रदेश १ को समृद्धिको ढोका खोल्ने दाबी गर्नुभयो ।
प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनोट गरेर कोदो लगाउन सुरु गर्ने गाउँपाखामा रहेको वनमारा उखेलेर कोदो रोपिने र नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गरिने योजना सुनाउनुभयो ।
नेपाली घरेलु मदिराको उत्पादन सुरु भएपछि यो विश्वमा उत्पादितभन्दा सयौँ गुणा राम्रो गुणस्तरको हुने उहाँको दाबी छ । उहाँले गुणस्तरीय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञलगायतको टिम निर्माण गरिने जानकारी दिनुभयो ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ बृहत् अवधारणा भएको बताउनुभयो । उहाँले १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादक, जनप्रतिनिधि लगायतसँग जानकारी सङ्कलन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो।