logo
२०८२ भाद्र १२ बिहीवार



निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई सनाखतका लागि ताेक्याे समय 

अर्थ |


निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई सनाखतका लागि ताेक्याे समय 


गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को औपचारिक विभाजनपश्चात् वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) को सनाखत भदौ ९ गते बुधबार हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा (एकीकृत समाजवादी) को सनाखतका लागि नेपाल पक्षका नेताहरूले आयोगमा भौतिकरुपमा उपस्थिति जनाउनुपर्ने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्धारा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको हो । यस लगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवदी) नामको नयाँ दल आयोगमा दर्ता गराएका थिए ।

अध्यादेशमा भएको कानुनी व्यवस्था बमोजिम २० प्रतिशतको समर्थन सङ्ख्याको आधारमा नेपाल नेतृत्वको नयाँ दलको सनाखत हुने श्रेष्ठले बताउनुभयो । बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र नेकपा (एकीकृत समाजवादी) को सनाखत गरेर यससम्बन्धमा आयोगले निर्णय लिने पनि उहाँले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?