logo
२०८२ भाद्र १२ बिहीवार



ढकाल धितोपत्र बोर्डमा नबस्ने

अर्थ |


ढकाल धितोपत्र बोर्डमा नबस्ने


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सञ्चालन सदस्यबाट फिर्ता हुनुभएको छ । ढकाल महासङ्घको प्रतिनिधिका रूपमा पदेन सञ्चालक हुनुहुन्थ्यो ।
ढकालले महासङ्घ अध्यक्ष शेखर गोल्छासमक्ष आफू बोर्ड सदस्य हुन असमर्थ रहेको जनाउँदै निवेदन दिनुभएको थियो । महासङ्घले पनि धितोपत्र बोर्डलाई पत्र पठाएर ढकाललाई सदस्यबाट फिर्ता गरिएको र नयाँ सदस्य पछि सिफारिस गरिने जानकारी गराएको छ ।
सर्वोत्तम सिमेन्टको संस्थापक सेयर विवादमा परेपछि ढकालले राजीनामा दिनुभएको हो । आफू सदस्य बन्नु पहिलेकै विषयमा जोडेर आफ्नो मानमर्दन भएकाले आफू फिर्ता हुन चाहेको ढकालले जानकारी दिनुभयो । ढकालले विभिन्न पब्लिक कम्पनीको स्वामित्व आफूमा रहेकाले भविष्यमा अनावश्यक विवाद सिर्जना हुने अनुमानसहित बोर्डबाट फिर्ता भएको बताउनुभयो ।

“म सेयर निस्कासन भएका तथा हुने खालका विभिन्न पब्लिक कम्पनीमा छु । ती कम्पनीका मर्जर एक्विजिसनलगायत सेयर तथा स्वामित्वसम्बन्धी विभिन्न गतिविधि गर्नुपर्ने हुनसक्छ,” ढकालले भन्नुभयो, “भोलि फेरि यस्तै अनवश्यक विषयवस्तु उठाएर व्यवसाय प्रभावित गरिदिन सक्छन् । त्यो अवस्था नआओस् भनेर अहिले नै धितोपत्र बोर्ड सदस्यमा नरहने निर्णय
गरेको हुँ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?