logo
२०८२ भाद्र १२ बिहीवार



अपर बलेफीको काम अन्तिम चरणमा

अर्थ |


अपर बलेफीको काम अन्तिम चरणमा


चित्र मिजार

सिन्धुपाल्चोक, भदौ १३ गते । जुगल गाउँपालिका–३ मा निजी क्षेत्रबाट सञ्चालित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ ।
उक्त हाइड्रोपावरका अध्यक्ष उमेश कसजूले बाँध, सुरुङ, विद्युत् गृहलगायत सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनु्भयो । आयोजनाको साढे चार किलोमिटर मिटर सुरुङ एक वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।
उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् लामोसाँघुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत प्रसारण लाइनमा जोडिनेछ । आयोजनाबाट लामोसाँघुको सबस्टेसन २२ किलोमिटर दूरी छ ।
२०७२ सालमा निर्माण सुरु गरिएको उक्त आयोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर बाढीपहिरो, कोभिड–१९ लगायत विभिन्न समस्याले सो हाइड्रोपावर निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको अध्यक्ष कसजूले बताउनुभयो । जुगल गाउँपालिका–३ को पाङरपु र लिदी बस्ती नजिक उक्त जलविद्युत् आयोजनाको बाँध निर्माण भएको छ । बस्तीनजिकै निर्माण भएको सो हाइड्रोपावरका असरले बस्तीलाई विभिन्न समस्या परेको स्थानीयवासीको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?