logo
२०८२ भाद्र १२ बिहीवार



फलामखानीमा चिया खेती

अर्थ |


फलामखानीमा चिया खेती


पर्वत समाचारदाता

पर्वत, भदौ १५ गते । पर्वतमा चिया खेतीको परीक्षण सफल भएपछि व्यावसायिक खेती सुरु भएको छ । यहाँको महाशिला गाउँपालिकाले चिया खेती विस्तार गर्न थालेको हो । गाउँपालिकाको पहलमा व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।बाँझो रहेको खेत र जङरगलको छेउछाउमा चियाका बिरुवा रोप्ने काम धमाधम भइरहेको छ । स्थानीयवासी अन्य परम्परागत बालीभन्दा चियाको उत्पादन राम्रो हुने भन्दै खुसी छनर ।
महाशिला गाउँपालिका–६, फलामखानीमा ६० रोपनी जग्गामा लगाइएको चिया बगानबाट यस वर्ष तयारी चिया उत्पादन भएको छ । फलामखानीमा चिया सफल भएपछि यो वर्ष अरू खेती नगरी खाली जमिन र बाँदरले हैरान पार्ने स्थानमा चिया खेती गरिएको महाशिला गाउँपालिकाका आर्थिक समितिका संयोजक ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
“गत वर्ष ५० हजार बिरुवा रोपियो,” भुसालले भन्नुभयो, “यस वर्ष थप क्षेत्र विस्तार गरेर ५० हजार बिरुवा रोप्ने तयारी छ । बाँदरले बाली खाएर हैरान हुने क्षेत्रमा चिया खेती गर्ने कार्यक्रम छ । ” स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले यो योजना सफल भएको महाशिला–६, फलामखानीका अध्यक्ष रामबहादुर सुनारले बताउनुभयो ।
फलाम खानीबाट विस्थापित दलित समुदाय चिया खेतीमा आकर्षित भएका छनर । अध्यक्ष सुनारले भन्नुभयो, “यहाँको फलामखानीमा ७० परिवार आश्रित थिए । खानी बन्द भएपछि आम्दानी गुमेका परिवार अहिले चियाखेतीमा संलग्न छनर । ” सुरुकै आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले चिया खेती प्रवद्र्धन कार्यक्रम समावेश गरेको बताउनुुभयो ।
गाउँपालिकाको योजनाअनुसार फलामखानीको जङरगलमा ६० रोपनी जमिनमा चियाको बगान बनाइएको छ । बगानमा चियाको वयस्क बोटसँगै बिरुवा पनि हुर्काउन थालियो । अहिले आएर यहाँ तयारी चिया उत्पादन हुने गरेको छ भने बगैँचामा चियाका बिरुवा पनि उत्पादन भइरहेका छनर । किसानलाई चिया खेतीमा प्रेरित गर्न गाउँपालिकाले अनुदानसमेत दिने गरेको जनाएको छ ।
उनीहरूलाई बागवानी विकास र प्रशोधनसम्बन्धी तालिम पनि निरन्तर सञ्चालन हुँदै आएको छ । महाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । “अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ,” महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो, “चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो । ”
एक हजार आठ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछनर तर संरक्षण, प्रवद्र्धन, प्रशोधन तथा वितरणमा प्रदेश र सङरघ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।
“यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाइदा हुने रहेनछ” कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भन्नुभयो । यसलाई प्रशोधनदेखि बजारीकरणसम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र सङरघीय सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ । ”
चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्नसके स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र मनग्गे आर्थिक उपार्जन हुने स्थानीयवासीको अपेक्षा छ । स्थानीय फूलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको बताउनुुभयो ।
बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा लिएर चिया लगाउने कार्यक्रम तय गर्नुपर्ने सुझाव उहाँको छ । गाउँमा बसाइँसराइका कारण जमिन बाँझिँदै गएको छ । बाँदरले हैरान पारेर कतिपयले अन्नबाली लगाउनै छोडेका छनर । बाँदरले चियामा नोक्सान नगर्ने भएकाले अन्नबाली लगाउने ठाउँमा चिया खेती गर्नुपर्ने किसानले बताएका छनर ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?