logo
२०८२ भाद्र ११ बुधवार



‘इन्टरनेट अवरूद्ध भए प्राधिकरण जिम्मेवार’

अर्थ |


‘इन्टरनेट अवरूद्ध भए प्राधिकरण जिम्मेवार’


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १७ गते । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले भरतपुर क्षेत्रमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिनुपर्ने जनाएको छ ।
प्राधिकरणको भरतपुर वितरण केन्द्रका कर्मचारीले जबर्जस्ती दूरसञ्चार उपकरणहरू लगेको, फाइबर काटेको मर्मत कार्यमा अवरोध पु-याएकाले इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने आइस्पानले प्रस्ट पारेको छ । आइस्पानले प्राधिकरणले लगेका उपकरण फिर्ता नभए र यस किसिमको गतिविधि नरोकिए उक्त क्षेत्रमा इन्टरनेट अवरुद्ध हुने प्रबल सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
“यदि भरतपुरमा इन्टरनेट अवरुद्ध भए त्यसको जिम्मेवारी प्राधिकरणले लिनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ ।
इन्टरनेट सेवा प्रदायकहरू र प्राधिकरणबीच विगत लामो समयदेखि पोल भाडामा विवाद रहँदै आएको छ । प्राधिकरणले वृद्धि गरेको पोल भाडाका कारण इन्टरनेट प्रयोगकर्तालाई असर पर्ने आइस्पानले जनाएको छ ।
तर प्राधिकरणले भने वृद्धि भएको भाडादर बुझाउनैपर्ने ताकेता गर्दै आएको छ । पोल भाडादर टुङ्ग्याउने विषयमा उच्चस्तरीय समिति बने पनि त्यसले अहिलेसम्म कुनै निष्कर्ष भने निकालेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?