logo
२०८२ भाद्र ११ बुधवार



मेलम्चीको पानी चैतमा

अर्थ |


मेलम्चीको पानी चैतमा
फाईल तस्विर



गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २६ गते । सरकारले मेलम्चीको पानी २०७८ चैतसम्म काठमाडौँ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा चैत मसान्तसम्म काठमाडौँमा फेरि पानी झार्ने घोषणा गर्नुभएको छ ।
बाढीले मेलम्ची आयोजना रुग्ण बनेको छ बजेटमा उल्लेख छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको मन्त्री शर्माले बताउनुभएको छ । ‘आवश्यक मर्मत तथा पुनस्र्थापना गरी नियमित खानेपानी आपूर्ति हुने व्यवस्था मिलाएको छु’ बजेटमा उल्लेख छ ।
नदी कटान एवं बाढीपहिरोका कारण भएको सडकलगायतका क्षतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापना कार्यक्रमका लागि बजेट हुटयाइएको छ । गत असारमा मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले मेलम्म्ची खानेपानी आयोजनाको निर्माणस्थलमा हेडवक्र्स परिएको छ भने अन्य भौतिक संरचना बगाएको छ । निर्माण स्थलको पहुँचमार्गका पुलहरू भत्किएका छन्र सडक अवरुद्ध छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?