logo
२०८१ बैशाख २० बिहीवार



सीमापारी बजारका कारण सप्तरीको व्यापार संकटमा

अर्थ |
प्रदेश |


सीमापारी बजारका कारण सप्तरीको व्यापार संकटमा


माला कर्ण
सप्तरी, असोज ४ गते । बढदो महँगीसँगै सप्तरीसहित तराईका उपभोक्ताहरुको सीमापारी बजारतर्फ आकर्षण बढ्दा सप्तरीका व्यपार संकटमा रहेको व्यापारीहरुको गुनासो छ ।

कोरोना महामारीले नाकाहरु बन्द रहेपनि तस्कर र व्यापारीहरुको लागि भने बजार आउजाउ सहज नै रहेको स्थानीयको भनाई छ । सर्वसाधारण नागरिकका लागि महामारी आउजाउ बन्द रहयो तर त्यस्ता कर छलेर सामान ल्याउनेहरुको लागि बजार र सीमामा भने कुनै रोकतोक नभएको व्यापारीहरुको बुझाई छ ।

कर असुलीकाबेला नेपालका व्यापारीहरुसँग असुल्ने तर सीमा खुला गरेर यहाँका व्यापार ठप्प गर्ने गर्दा व्यापारीहरु पलाय हुने अवस्थामा पुगेको व्यापारीहरुको गुनासो छ । कञ्चनरुप नगरपालिकाका व्यापार संघका अध्यक्ष चन्दन गुप्ताले नगरपालिकाभित्रका व्यापारीहरु दिनभरी ग्राहक कुरेर वस्नेगरेको बताउनुभयो ।

उता पारी हुलका हुल उपभोक्ता सीमापारी बजार भिमनगर र कुनौली जाने गरेको उहाँको भनाई छ । विवाह र श्राद्धका नाममा नगरपालिकाले नै भारतीय बजारबाट सामान ल्याउन सिफारिस गर्नेगरेको भन्दै जनप्रतिनिधिहरुले कञ्चनपुरको व्यापारीबाट कर असुल्ने गरेको गुनासो गर्नुभयो ।

कञ्चनरुप पुरानो बजार भएपनि यहाँका किराना र कपडा पसलको व्यापार बन्द गर्ने अवस्थामा रहेकोले त्यसतर्फ नगरपालिकासँगै सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउनुभयो ।

यता, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले सरकारले कर वृद्धि गर्दैगएको भए पनि यहाँका व्यापार घाटालाई ध्यान नदिएको बताउनुभयो । व्यापारीहरु पलायन हुने अवस्थामा पुगिसकेको उहाँको भनाई छ ।

त्यस्तै नागरिक समाज सप्तरीका संस्थापक अध्यक्ष एवम् राजविराजका कपडा व्यवसायी थानसिंह भन्सालीले पनि खुला सीमा र यहाँका महँगीले नेपालका व्यापार धरापमा परेको बताउनुभयो । सानो तिनो सामान ल्याउन पनि यहाँका उपभोक्ताहरु सीमा पारी जाने गरेको उहाँको भनाई छ । यता दिनभरी मुख ताकेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यहाँका उपभोक्ता तथा तस्करहरुले सीमापारी बजारहरु कुनौली, सखडा गोविन्पुर हुँदै न्यौर, लौकही, लौकहा लगायतका बजारहरुबाट खुलेआम सामानहरु ल्याउने गरेको व्यापारीहरुको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?