logo
२०८० चैत्र १६ शुक्रवार



भारत लैजान लागेको अवैध केराउ बरामद

अर्थ |
प्रदेश |


भारत लैजान लागेको अवैध केराउ  बरामद


जानु पाण्डे
कपिलवस्तु, असोज ७ गते । कपिलवस्तुको कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको छ । बुधवार राती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बराबरको केराउ प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिका १ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्लामन्डी देखि अवैध केराउसहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
भण्डारीका अनुसार सामग्री ढुवानीपछि खाली जानुपर्ने ट्रक निर्यात प्रतिबन्ध लागेको मटर लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताउनुभयो ।

कुल ९ ओटा ट्रकमा अवैध केराउ ओसारपसार गर्न लागिएको थियो । तीमध्ये ६ ट्रक प्रहरीले पक्राउ गरेको हो । दुई वटा ट्रक कृष्णनगर भन्सार कार्यालयको पार्किङ यार्डभित्र छिराएको थियो भने एउटा ट्रक भारततर्फ प्रवेश गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि ११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताएको छ । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लगिएको भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?